मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको स्थापना दिवस सप्ताहाव्यापी कार्यक्रम गरी मनाइने भएकाे छ । उपमहानगरपालिकाकाे ५४ औं स्थापना दिवसकाे अवसर पारेर माघ २५ बाट सप्ताहाव्यापी कार्यक्रम घोषणा गरिएको छ ।
कार्यपालिका बैठकले स्थापना दिवस मनाउन नगर प्रमुख मिनाकुमारी लामाको संयोजकत्वमा मुल समारोह समिति गठन गरेको छ । समितिको सह–संयोजकमा उपप्रमुख राजेश बानियाँ र सदस्यहरुमा नगरका १९ वटै वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरु रहेका छन् । समितिका सदस्य सचिवमा प्रमुखप्रशासकियअधिकृत शिबराज चौलागाई रहेका छन् ।
मुल समारोह समितिले उपमहानगरको ५४ बर्षको इतिहासबारे जानकारी गराउन कार्यपालिकाका प्रवक्ता तथा हेटौंडा उपममहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सबिन न्यौपाने संयोजक रहेको स्मारीका प्रकाशन समिति हेटौंडा–६ का अध्यक्ष बिष्णुबहादुर दहाल संयोजक रहेको सम्मान तथा शिष्टाचार समिति, प्रमुखप्रशासकियअधिकृत शिबराज चौलागाइ संयोजक रहेको नगर दिवस व्यवस्थापन समिति गठन गरेको छ ।
कार्यपालिका बैठकले स्थापना दिवस मनाउनकालागि गठन गरेको अतिरिक्त क्रियाकलाप समितिले विभिन्न क्रियाकलाप गरी नगरकाे स्थापना दिवस मनाइने जनाएकाे छ । स्थापना दिवसकाे अवसरमा माघ २५ गते हेटौंडा–७ को नागस्वती खेल मैदानमा पुरुष तथा महिला फुटबल, माघ–२६ गते हेटौंडा–४ हुप्राचौरमा महिला तथा पुरुष भलिवल, माघ–२७ गते महिला तथा पुरुष डण्डिबियो, माघ २८ गते टोल बिकास सस्था नगर र वडा समन्वयसँग म्युजिकल चियर प्रतियोगिता गरिने भएको छ ।
त्यस्तै दिवसकोअवसरमा उपमहानगरले सञ्चालन गर्दै आएको ‘सफा हेटौंडा अभियान’ अन्तर्गत हेटौंडा–१० बसपार्क क्षेत्रमा सरसफाई सहित माघ २९ गते रक्तदान कार्यक्रमको तयारी गरेको समितिका संयोजक तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मुक्तानले जानकारी दिए ।
स्मारीका प्रकाशन समितिको सदस्यमा उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, समन्वय शाखाका प्रमुख जगन्नाथ सापकोटा, सूचना प्रविधि अधिकृत भानुभक्त थपलिया रहेका छन् । सम्मान तथा शिष्टाचार समितिको सदस्यमा हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्का, हेटौंडा १६ काअध्यक्ष रामकृष्ण कोइराला, कार्यपालिका सदस्य इश्वरी बिक, नगरसभा सदस्य रञ्जु लामा र सदस्य सचिवमा उपमहानगरका प्रशासन महाशाखा प्रमुख शान्ति विश्वकर्मा रहेका छन् ।
अतिरिक्त कृयाकलाप समितिको सदस्यमा कार्यपालिका सदस्य साधना श्रेष्ठ, नगरसभा सदस्य सविना बिडारी, सन्तुमाया पाख्रिन, इन्द्रप्रसाद रिजाल रहेको समितिको सदस्य सचिवमा वसन्तकुमार सिटौंला रहेका छन् । स्थापनादिवसको लागि गठित नगर दिवस व्यवस्थापन समितिको सदस्यमा सबै महाशाखा प्रमुख, आर्थिक प्रशासन, कृषि, सूचना प्रविधि, फोहर मैला तथा व्यवस्थापन, समन्वय शाखा प्रमुख र नगर प्रहरी इन्चार्ज रहेका छन् ।
कार्यपालिका बैठकबाट स्थापनादिवस मनाउन समिति गठन भएकाे तथा सबै समितिहरुले जिम्मेवारी वहन कार्य जिम्मेवारी अघि बढाएका उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए । उपमहानगरले तत्कालिन नगर पञ्चायतको २०२६ फागुन १ गते बसेको प्रथम बैठकलाई आधार मानि स्थापना दिवस मनाउने नगर सभाकाे १२ औं अधिवेशनमा निर्णय भएकाे थियाे । साेही अनुसार नगर स्थापना दिवस मनाउने तायारी गरिएकाे न्याैपानेले बताए ।

