मकवानपुर । गत २६ गते प्रहरीकै सामुन्ने चक्कु प्रहार गरेर बेपत्ता भएका दुईजना युवालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडाको वडानम्बर २ आर्थिक मन्त्रालयको गेटमा दिउँसो २:५० बजे प्रहरीकै सामुन्ने सामान्य आपसी भनाभनपछि चुक्कु प्रहार गरि बेपत्ता रहेका हेटौडाका अशिम बर्तौला र हेमन्त थापा मगरलाई
प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदेश३-०१-०२३च ६१५३ नं.को निशान गाडिमा सवार हेटौंडा ६ कमाने बस्ने ३० बर्षिय अशिम बर्तौला र हेटौंडा ५ सानोपोखरा बस्ने २५ बर्षिय हेमन्त थापा मगरले हेटौंडा २ सिचाई टोल बस्ने वर्ष ३० बर्षको डानियल न्यौपानेलाई कोखामा चक्कु प्रहार गरी घाईते गराई फरार रहेका थिए ।
घाईतेलाई उपचारको लागि हेटौंडाको सहकारी अस्पताल पठाएना अवस्था गम्भिर भएकोले २८ गते चितवन स्थित भरतपुर मेडिकल कलेज लगिएको थियो ।
चक्कु प्रहार गर्ने बर्तौला र थापा मगरलाई ज्यान मार्ने कसुरमा मुद्धा दर्ता भएको छ र हाल प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता टेक कार्कीले बताए ।

