मोरक्को र पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल प्रबेश गरेका छन । मोरक्कोले स्पेनलाई र पोर्चुगलले स्विटजरल्याण्डलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन ।
मंगलबार राति भएको प्रि-क्वार्टरफाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै मोरक्को अन्तिम ८ मा प्रवेश गरेको हो ।
यसअघि निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटमा दुबै टिम गोलरहित बराबरीमा रहे । स्पेनले ७५ प्रतिशत भन्दा बढी बलमाथि नियन्त्रण जमाएपनि गोल भने गर्न सकेको थिएन ।
यसैगरी पोर्चुगल बुधबार राति भएको प्रि-क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको हो ।
पोर्चुगललाई शानदार जित दिलाउन गोनकालो रामोसले ह्याट्रिक पुरा गरे । जारी विश्वकपमा ह्याट्रिक पुरा गर्ने उनी पहिलो खेलाडी हुन् ।

