मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को पहिलो नतिजा आएको छ । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहेका छन ।
एमालेका निवर्तमान सांसद तुलाचनलाई हराउँदै गौचन निर्वाचित भएका हुन् । गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाएका छन् ।
योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् । यद्यपि आधिकारिक नतिजा भने सार्वजनिक हुन बाकी रहेको छ । थकाली र तुलाचन नाताले मामा भान्जा हुन् ।


