मकवानपुर । मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले भीमफेदिको निबुवाटारमा बन्दै गरेको रंगाशाला स्तरीकरणमा आफूले ध्यान दिने बताएका छन । राष्ट्रिय खेलाडी उत्पादन गर्नु पर्ने बताउदै नेकपा एमाले भीमफेदी ४ वडा कमिटीले आयोजना गरेको बैठकमा बर्तौलाले भने आफुले निर्वाचन जितेपछी रंगाशालाको स्तरीकरणमा ध्यान दिने छु।
बर्तौलाले रंगाशालाको लागि आवश्यक भौतिक पूर्वाधार र सबै व्यवस्थापनमा योजना बनाएर काम गर्ने बताए । बागमती प्रदेसमा अघिल्लो सरकार एमालेको हुंदा र पालिकामा एमालेको नेतृत्व हुंदा कामको सुरुवात भएको बताउदै उनले भने भीमफेदीको बिकासको लागि आवश्यक योजना रहेको छ । २ सय बिद्यार्थी अटाउने छात्रावास, प्रत्यक घरमा खानेपानीको सुनिश्चितता, चिसापानी गढि र मैत्री बगैंचाको पर्यटन व्यवस्थापन, होमस्टे, कृषि उधम लगायको क्षेत्रमा योजना बैक तयार गरेर काम गरिने बर्तौलाले बताए ।
कार्यक्रममा बोल्नुहुंदै संघीय निर्वाचन क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णु प्रसाद ढकालले बिपक्षी गठबन्धनले नेपालको मौलिकता र सहिष्णुता भड्किने गरि जातको कुरा गरेको बताउदै एमालेले पनि प्रदेश सभामा समानुपातिक तर्फ बलराम बललाई उम्मेदवार बनाएको बताए । उम्मेदवार ढकालले आफू लामो समय पार्टी काममा भीमफेदिसंग जोडिएको बताउदै भने थाहानगर भीमफेदीसंग जोडिएकोले समृद्धिको लागि आफुले योजना बनाएर बिकासको काम जनता संग सल्लाह गरेर गर्ने बताए ।
कार्यक्रममा सहभागी पार्टिको नेता, कार्यकर्ता संग उम्मेदवार बर्तौला र ढकालले सुझाब लिएका थिए । उम्मेदवार द्वयले जनतासंग आफुहरुको मन गाँसिएको र आफ्नो गठबन्धन जनतासंग भएको बताउदै आफुहरु जनताले दिएको सुझाव अनुसार अघि बढ्ने प्रष्ट पारे । सहभागी कान्छी थापाले एमालेले चुनाब जितिसकेको बताउदै २०७४ मा जितेका बिरोध खतिवडा जस्तो गाउँ नफर्किने काम नगर्न आग्रह गरेकी थिइन् ।

