प्रीति आत्रेय ज्ञवाली
लक्ष्मीपूजाको दिनमा जन्मिँदा
तिमी लक्ष्मीको प्रसाद भएर
नेपालमा भित्रियौ
नामकरण भयो लक्ष्मीप्रसाद ।
तिमी देवीको प्रसादले गर्दा दानी भयौ
कसैको दुुःख देख्न नसक्ने विवेकी बन्यौ
सरस्वतीका वरद पुुत्र भनी दरियौ
“जहाँ पुग्दैनन् रवि
त्यहाँ पुुग्छन् कवि ” भनेझैं
अरूले बोध गर्न नसक्ने कुरा
चाँडै बुझ्न सक्ने भयौ
सूक्ष्मदेखि विशाल तहका
अनेक कुुरा बुझ्न सक्यौ
तिमी आशुुकवि बन्यौ ।
तिम्रो क्षमतालाई खुट्ट्याउन नसक्दा
तिमीले पागलको पगरी भिर्नुुपर्यो
मनमा तनाव हुँदा
“पागल” कविता लेख्यौ
अरूको परवाह नगरी
तिमीले लेखनीलाई निरन्तरता दियौ
आफ्नो स्वभावलाई कायम राख्यौ
महाकवि भयौ ।
हे देवकोटा !
तिम्रो कुुरा कसैले नबुझ्दा
जीवनमा तिमीले धेरै दु:ख खेप्यौ
अब त
सबैले तिम्रो महत्व बुुझिसके
हरेक वर्ष
विभित्र समारोह गरेर र कविता लेखेर
तिम्रो गुनगान गाउँछन् ।
म अनुरोध गर्छु तिमीलाई
मिल्छ भने तिमी
फेरी आऊ यस धर्तीमा
यहाँ तिमीजस्ता
मनका कुुरा नबुझिएका
धेरै कलिला पागलहरू छन्
जसलाई विना कुुनै कारण
मनका भावना नबुझी
रहर र चाहना नसुनी
ठुलाठालु व्यत्ति एवं नेताहरूले
आफू अनुरूप तह लगाउन खोज्छन्
अनि नसके
पागलको संज्ञा दिन्छन्
व्यक्तित्वमाथि प्रश्न गर्छन् !
यहाँ
अहिले पनि पागल भएका छन्
धेरै देवकोटा र रिमालहरू
साकार नदेखेर
आफ्नो र आमाको सपना
त्यसैले तिमीजस्तो
दिव्य व्यक्तित्वको
खाँचो छ, यस धर्तीमा ।
नत्र,
धेरै पागलहरू जन्मिन्छन्
अनि सपना नमौलाउँदै ओइलिन्छन् ।
कृपया फेरी आऊ
सबैमा चेतनाको लहर फिँजाऊ
ताकि सबैले स्वच्छ मनले
आफ्नो काम गर्न सकून्
सधैँ प्रसन्न रहन सकून् ।
लक्ष्मी र सरस्वतीका
वरद पुुत्र—पुत्री भनी
निर्धक्कतया चिनिन सकून्
हे देवकोटा ! तिमी फेरी जन्म लेऊ ।
बुटवल हालः न्होम पेन्ह, कम्बोडिया

