मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले हेटौंडामा हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गरेको छ । सिस्नुपानी मकवानपुरले आगामी निर्वाचन, दलका नेता र राजनीतिक दलहरुलाई व्यङ्ग्य गरेर देउसी कार्यक्रम गरेको हो ।
मुलुकको अवस्था, कर्मचारीतन्त्र, महिला माथी गर्ने थिचोमिचो लगायतका क्षेत्रलाई घोचपेच गर्दै देउसी कार्यक्रम, खैजेडी भजन, गायन लगायतका प्रस्तुतीहरु गरिएको थियो ।
कार्यक्रमको उद्घघाटन् मकवानपुरे व्यङ्ग्य कबि तथा साहित्यकार आरसी रिजालले गरेका थिए। रिजालले उद्घाट्न गर्ने बित्तिकै संख फुकेच पछि सबै चकित परेका थिए । त्यसपछी रिजालले बोल्नेक्रममा गरेको घोचपेचले कार्यक्रम थप रोचक भएको थियो ।
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा गायक आसाकाजी श्रेष्ठ, प्रलय चौलागाई, मिन प्रसाद लामिछाने लगायतले कार्यक्रम अवधिभर व्यङ्ग्य प्रस्तुति गरेका थिए ।
कार्यक्रममा चुनु बानियाँ, शान्ति लामिछाने, सुभद्रा हुमागाई, ओमभक्त भण्डारी, स्वस्तिका दाहाल, सानुभाइ बिक, गहन खतिवडा लगायतकाले आफ्ना प्रस्तुती गरेका थिए । त्यसैगरी कार्यक्रममा ओमभक्त भण्डारी लगायतकाले भजन मार्फत व्यङ्ग्य समेत गरेका थिए ।

