मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । हेटाैडा उपमहानगरपालिका वडा नम्वर ४ गर्दाेइ बस्ने ३२ वर्षीय अनिल श्रेष्ठ र २५ वर्षीय अरमान अंसारीलाई लागूऔषध कोडिवेल १२ बोतलसहित पक्राउ गरिएकाे हाे । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ बाट श्रेष्ठ र अंसारी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
बिहीबार साँझ २०:१५ बजेको समयमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५७ प ३४९ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको फिल्टर राख्ने स्थानमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । लागूऔषध सहित पक्राउ परेका श्रेष्ठ र अंसारी माथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
यसैगरी, हेटौंडामा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ पुरानो मकवानपुर रोडबाट काठमाडौं जाने यात्रुहरुसँग तोकिएको दर भन्दा बढी भाडा लिईरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका–१ बस्ने २२ वर्षीय अनिल साह कलवार, हेटौडा–२ मानसचोक बस्ने २२ वर्षीय रोहित थापा, हेटौंडा–४ कमलडाँडा बस्ने २० वर्षीय निकेश लामा, हेटौंडा–१० भुटनदेवी बस्ने १८ वर्षीय निशान श्रेष्ठ र सोही वडा बस्ने ३५ वर्षीय आकाश लामा रहेका छन् ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जानकारी दिएकाे छ ।

