मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको मनहरी गाउँपालिकाबाट लागूऔषध गाँजा सहित ३ जना पक्राउ परेको छ । मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानीबाट साढे १२ किलो गाँजा सहित उनीहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा भारत मोतिहारी बस्ने ३५ वर्षीय रमेस माझी, भारत मोतिहारीकै ५५ वर्षीय हरिन्द्र माझी र भारत मोतिहारीकै ४० वर्षीय दिलिप माझी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको राक्सिराङ–देवकोट सडकखण्ड अन्तर्गत राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१च १३१८ नम्बरको बलेरो चेकजाँच गर्दा लागुऔषध गाँजा बरामद उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
प्लाष्टिकको झोलामा प्याक गरि शरिरमा लुकाईछिपाई ल्याएको अवस्थमा साँढे १२ किलो परिमाणमा गाँजा बरामद गरिएको कार्कीले जानकारी दिए । बारामद गरिएको गाँजासहित तीनै जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाईएको प्रहरीले बताएको छ ।

