मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–६, सिलिङ्गेमा साेमबार १ जनाकाे मृत्यु भएकाे छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ का महेन्द्र दोङको ससुराली मकवानपुर आउने क्रममा बाटाेमा लडेर मृत्यु भएको हाे ।
३१ वर्षीय दोङको राक्सिराङ ६, सिलिङ्गेमा सोमबार साँझ ५ बजेको समयमा लडेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ । दोङको बाटोमा लडी मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थल कार्यालयले जानकारी दिएको छ ।
दाेङकाे शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ । दोङले रक्तचापसम्बन्धी समस्याका कारण औषधी सेवन गर्ने गरेकोले उच्च रक्तचापकै कारण मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ ।

