मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय ६ किलाे अवैध लागु औषध गाँजा सहित ४ जान व्यक्ति र एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार ९५ किलो गांजा सहित ना ८ ख २५४२ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका ११ बाट ना ८ ख २५४२ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रकको पछाडीको भाग भित्र ६ वटा पोकामा ९५ किलो लागु औषध गांजा फेला परेको प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेको र प्रहरीले जनाएको छ ।
यसैबिच प्रहरीले ११ किलो २०० ग्राम लागु औषध गांजा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडाको ११ बाटै गाँजा बरामद गरेको हो । ना २ ह २३६३ नम्बरको अटोलाई रोकी चेकजांच गर्दा उक्त अटोको सिट पछाडीको खाली भागमा तयारी गांजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले अटो चालक हेटौंडा १९ बस्ने ६० बर्षिय प्रेम बहादुर थिङ र सोही अटोमा रहेका हेटौंडा ३ का अन्य दुई जना महिलालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी १५० मिलि ग्राम लागु औषध खैरोहेरोईन जस्तो देखिने कालो धुलो पदार्थ सहित मकवानपुर प्रहरीले अर्को १ जनालाई नियन्त्रणमा लिएको छ ।
हेटौंडा ११ नमुना टोल स्थित सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेका स्थानीय २४ वर्षिय बिशाल बिश्वकर्मालाई प्रहरीले नियन्त्रणा लिएको हो । विश्वकर्मामाथि अनुसधान भैरहेको प्रहरीले जनाएको छ ।
