मकवानपुर ।मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरीखेत र धादिङ जिल्लाको धादिङ्गबेशीमा भएको दुर्घटनाबाट ८ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मकवानपुरको भिमफेदी– कुलेखानि–काठमाण्डौ सडक खण्डको भिमफेदी ६ जुरिखेतमा कुलेखानीबाट भिमफेदी तर्फ आउदै गरेको ना ३ख ७८५८ नम्बर को मिनीबस अनियन्त्रित भई सडक बाट अंन्दाजी ५० मिटर तल सडकमा खसेको थियो । दुर्घटनमा परी मृत्यु हुनेको संङ्ख्या ७ पुगेको छ ।
हेटौडाबाट काठमाण्डौ जादै गरेको मधेश प्रदेश ०३००१ ज ०२७१ नंम्बरको सुमोमा ठोकिंदा सुमोमा सवार समेत घाईते भएको र बसमा सवार ३० जना मध्ये ६ जनाको घटना स्थलमा नै र एक जनाको उपचार लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता धदिङ जिल्लामा भएको दुर्घटनामा परी एक स्कुले बालकको मृत्यु भएको छ । धादिङ बेशिबाट काठमाण्डौ जादै गरेको ग १ ख ४५६५ नंम्बरको बसले सोही स्थानको आदर्श चोकमा स्कुल जाँदै गरेको आदर्श स्कुलमा पढ्ने दिल बहादुर नेपालीको छोरा बर्ष ६ वर्षिय बिजय परियारलाई ठक्कर दिंदा बालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको बिषयलाई लिएर स्थानियबासीहरु आक्रोसित भई बाटो दुईतर्फि बन्द गर्नुका साथै बसमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा शसस्त्र प्रहरी राजमार्ग सुरक्षा आदमघाटबाट खटिएको टोलिले ग्याँस गन बाट १ सेल फायर गरेको जनाएको छ ।

