डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको ज्यान गएको थियो भने यस साल साउनदेखि भदौ मसान्तसम्म ७५ जिल्लामा फैलिई १३ हजार बढी संक्रमित र १३ जनाको मृत्यृ भइसकेको छ । संक्रमण बढ्दै जाँदा अस्पतालमा जटिल लक्षण लिएर आउने बिरामी पनि बढेका छन् । काठमाडौं, ललितपुर, मकवानपुर, रूपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे र चितवन गरी १० जिल्ला उच्च जोखिममा छन् । संक्रमितको संख्या आकासिएको, अस्पतालमा बढेको चाप, भर्ना भएरै उपचार गर्ने र आईसीयूसम्मै पुग्ने बिरामीको संख्या थपिँदो छ, जसले झनै प्रकोप र भयानकता देखाउनेमा आशंका छैन ।
टेकु अस्पतालले डेंगु क्लिनिक सुरु गर्दा ज्वरोका लागि भनेर गरेको थियो ’cause कडा समस्या भएको देखिएको थिएन । तर, पछिल्लो समय डेंगुको विशेष औषधि हुँदैन, ज्वरो र शारीरिक पीडा कम गर्न सिटामोलबाहेकको औषधि प्रयोग गर्न नहुने तथा आयुर्वेदिक र होमियोप्याथीप्रतिको विश्वासले धेरै संक्रमित घरमै बस्न थालेका छन् । अस्पताल नजाने, ज्यादै ढिला जाने, सिटामोलले ज्वरो र दुखाइ कम नभएपछि ब्रुफेन, एस्प्रिन सेवन गर्ने, पुनः भिन्दै सेरोटाइपबाट संक्रमित, प्लेटलेट बढाउन अनियन्त्रित र जथाभावी वैकल्पिक औषधि लिने र ज्यादै जटिल भएपछि मात्र अस्पताल पुग्दा कोभिड दोस्रो लहरमा झंै बेहोस र प्रांगणमै ढल्ने दैनिक एकपछि अर्काे देखिँदै छ । जबकि, विगतमा यस्तो कहिल्यै नदेखिएको वरिष्ठहरू बताउँछन् ।
डेंगुमा खोकी लाग्दैन, सास फेर्न गाह्रो हुँदैन, कडा ज्वरो आउँछ, अत्यधिक थकाइ लाग्छ, नाकबाट पानी बग्दैन, झाडापखाला लाग्दैन । अत्यधिक टाउको दुख्छ । खाना नरुच्ने, अत्यधिक जिउ दुख्ने, स्वाद वा गन्ध हराउने हुँदैन, घाँटी दुख्दैन, जाडो महसुस हुँदैन, वाकवाकी लाग्ने हुन्छ । डेंगु भनेकै दुखाइभन्दा फरक नपर्ने भएको छ । शारीरिक दुखाइ कम गर्न धेरैले प्mलेक्सन वा ब्रुफेन तथा एस्प्रिन औषधिको सहारा लिँदा झनै जोखिम बढेको छ । मुख्य लक्षण नै अत्यधिक शारीरिक पीडा हो । ब्रेक बोन फिवर अर्थात् हड्डी भाँचिएसरह दुखाइ हुने ज्वरो पनि भनिन्छ । हालसम्म संक्रमण परिवार परिवारमा, टोल टोलमा डेंगुको दुखाइ लिएर बसेका संक्रमितको संख्या अत्यधिक छ ।
तारन्तार बान्ता हन, अत्यधिक पेटको दखाइ, नाक, गिँजा वा शरीरका अन्य ठाउँबाट रगत बग्ने, दिसा, पिसाब वा बान्तामा रगत देखिने, आलस्य वा बेचैन, श्वास प्रश्वासमा तीव्रता वा कठिनाइजस्ता ५ लक्षण देखिए जटिलतातिर गइरहेको हुनसक्ने भएकाले तुरुन्त चिकित्सक वा अस्पताल जानुपर्छ । चिकित्सकले परीक्षण गर्दा पेट वा फोक्सोमा पानी जमेको, कलेजोको आकार सामान्यभन्दा २ सेमि बढी बढेको र रगतमा प्लेटलेटको संख्यामा तीव्र गिरावट आएको देखिन्छ ।
मेवाको पात खाएर बेहोस
मेवाको पात खाएर रोग छिटो निको हुन्छ, प्लेटलेट घट्न नदिने तथा घटेको पनि छिटो सामान्य बनाउने भन्ने सल्लाहले मेवाको पात खोजी सिलौटामा थिचेर पानीमा हाल्दै ३ दिन लगातार खाएकी युवतीमा स्वास्थ्यमा असहज भएपछि अस्पताल आउनेक्रममा बेहोस परिन् । अरूको लहैलहैमा वा सामाजिक सञ्जालमा भनेजस्तै मेवाको पात खाएर जटिल बन्नेमा यी एक प्रतिनिधि पात्र हुन् । बजारमा मेवाको पातको माग ह्वात्तै बढेको कारणले पनि घरघरमा प्रयोग भइरहेको आँकलन गर्न सकिन्छ । मेवाको पात प्रयोग गरेलगत्तै पेट बाउँडिने, बटारिने, वाकवाक लाग्ने, बान्ता हुने भएकाले अस्पताल पुगी परामर्श लिने प्रशस्तै छन् भने भन्न नचाहने पनि धेरै छन् । दीर्घकालमा कलेजोलगायतका अंगमा नकारात्मक असर देखाउँछ ।
पहिलोभन्दा दोस्रो र तेस्रोपटक बढी जटिल
डेंगु पहिलोपटक र दोहोरिँदाको संक्रमण गर्ने भाइरस फरक प्रकारको हुने भएकाले बढी जटिल हुने गर्छ । पहिले बनेको एन्टिबडीले काम नगर्ने र एन्टिबडीलाई भ¥याङ बनाएर सजिलैसँग इम्यन सिस्टमको कोषहरू प्रयोग गरी फैलिन्छ । खोप विकास तथा प्रभावकारी हुन सकेको छैन । सामान्य मानिसलाई धेरै जटिलता नहोला तर दीर्घरोगी तथा स्वास्थ्य जटिलता भएकालाई धेरै असर गर्नसक्छ । हरेक २० जना संक्रमितमध्ये १ जनालाई जटिलता हुनसक्ने र मृत्युदर १ देखि २ प्रतिशत देखिन्छ । गर्भवती, साना बच्चाहरू र दोहोरिएर भएको संक्रमणमा जटिल समस्या आउन सक्छ ।
स्मार्ट लामखुट्टेको स्मार्ट आनीबानी
दिउँसो सक्रिय र राति नआउने । आकार सानो, झट्ट नदेखिने र दिउँसोमा आउने भएकाले आवाज सुनिँदैन । प्याट्ट मार्दा रगत आउँदैन, कालो, फुस्रो धुलोजस्तो देखिन्छ । टोकेपछि शरीरमा चिलाएजस्तो हुने, मसिना बिबिरा आउने, केही समय नराम्ररी चिलाउने तथा कहिलेकाहीँ बिबिरा बढेर ठूला फोका पर्छन् । सफा पानीमा बढ्ने, पूmल पार्ने गर्छ ।
मानिसमा डेंगुको संक्रमण डेंगु विषाणुबाट संक्रमित लामखुट्टे एडिस एजिप्टी र एडिज अल्वोपिक्टसको टोकाइबाट लाग्छ । कालो रङको लामखुट्टेमा सेतो थोप्ला वा छिर्केमिर्के रङको वा बाघजस्तै टाटेपाटे यो लामखुट्टेले टोकेपछि मानिसलाई चिलाउ“छ । यसलाई हुर्कन ५ मिलि जमेको पानी र तापक्रम १६ देखि ४० डिग्री भए पुग्छ । लामखुट्टे १० डिग्रीभन्दा कम र ४० डिग्रीभन्दा बढी तापक्रममा मर्ने भएकाले नेपालको तराईको तापक्रमको फरकताले तथा पहाडमा बढेको गर्मीले कुनै मौसममा लामखुट्टे निर्मूल हुने अवस्था देखिँदैन । दिउँसो मात्र टोक्ने यस लामखुट्टे अप्राकृतिक भाँडा, घरभित्र जमेर बसेको पानी जस्तै एसी, कुलर, खानेपानीको ट्यांकी, पूmलदानी, गमला, फालेको टायर, मिनरल वाटरको खाली बोतलजस्ता अप्ठ्यारा ठाउँमा पाइने गर्छ । सबैभन्दा खतरनाक त टायर हो, जहाँ हरेक पत्रपत्र वा तहतहमा पानी जम्छ । सफा पानीमा बस्ने भएकाले यस लामखुट्टेलाई एसियन टाइगर वा भीआईपी लामखुट्टे पनि भनिन्छ । लामखुट्टे बाँदरलाई वा रोगी मानिसलाई टोक्दा डेंगु भाइरसबाट संक्रमित हुन्छ । संक्रमित लामखुट्टेले पारेका फुलबाट उत्पन्न हुने सबै लामखुट्टे जीवनभर संक्रमित रहन्छन् । तर, लामखुट्टेबिना मानिसबाट मानिसमा डेंगु सर्दैन ।
अभियान
‘डेंगु नष्ट घरबाटै’ भन्दै अभियान चल्दै छ । जोखिम न्यूनीकरण गर्न जनचेतना नै कम भयो, झाडी फाँड्ने, पेस्टिसाइड छर्ने उपायका ’boutमा ‘तैँ चुप मैँ चुप’ छन् भन्ने जनगुनासो छ । हरेक परिवारलाई हरेक शनिबार १० बजे १० मिनेट समय छुट्याएर आप्mनो घरभित्र र बाहिर ‘लामखुटेको फुल पार्ने ठाउँलाई खोजांै र नष्ट गरांै’ अभियान सञ्चालन गर्न ७ वटै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहलाई संघीय मन्त्रालयमार्फत मार्गदर्शन गर्न तथा डेंगुबाट बच्न तथा जोखिम कम गर्न कर्मचारीलाई कार्यस्थलवरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २७ भदौ २०७९ मा विशेष अनुरोध गरेको छ । नागरिकहरू सर्तक र स्थानीय सरकार समुदाय सक्रिय भएमा मात्रै डेंगु नियन्त्रणमा आउन सक्छ । नत्र, अवस्था अझ भयावह हुनसक्ने भएकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि अभियान नै चलाउन सम्बन्धित सबै जिम्मेवार बन्नैपर्छ ।
सन् २००४ मा बाँकेमा पहिलोपटक पुष्टि भएको डेंगु तराईभन्दा पहाड र हिमालतिर बढी देखिँदै छ । तीनपटक त महामारी फैलिसकेको छ । संक्रमण टाइप १ बाट २ मा जाने, मृत्यु कम हुने क्लासिकबाट बढी मृत्यु हुने हेमोरेजिक र सक डेंगुमा जानसक्ने, मुलुकका केही स्थानका ठूला अस्पताल र मेडिकल कलेजमा मात्र उपलब्ध भेन्टिलेटर, जनचेतनामा कमी, रक्तसञ्चारको अभाव आदिले समयमै सजग नभए ठूलो महामारी भई धेरै धनजनको क्षति हुने निश्चित छ । राजधानीबाट
In: मुख्य खबर, राष्ट्रिय, स्वास्थ्य
Tags: No Comments

