मकवानपुर । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरीका अनुसार २४ साउन विहान ६ बजेदेखि २५ साउन विहान ६ बजेसम्म प्रदेशको विभिन्न १२ जिल्लामा भएको दुर्घटनमा परी ७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
काभ्रेपलाञ्चोक जिल्ला धुलिखेलबाट चौकटजादैँ गरेको बा ३४ प ५४७५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा ९२ प ३२०३ नम्बरको मोटरसाइकल आपसमा ठोकिंदा बा ३४ प ५४७५ नम्बरको मोटरसाइकल चालक रामेछाप दोरम्बा गाउँपालिका ४ घर भएका २७ वर्षिय बिरेन्द्र तामाङको मृत्यु भएको छ ।
घटनाबाट बा ९२ प ३२०३ नम्बरको मोटरसाइक चालक काभ्रे पनौती नगरपालिका ५ बस्ने १९ वर्षिय बिबेक महत सामान्य घाईते भएका छन् । गम्भिर घाइते भएका बिरेन्द्र तामाङलाई अन्नपुर्ण न्युरो अस्पताल काठमाडौं लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यसैगरी बनेपा नगरपालिका ९ नयाँबस्ति बस्ने रामसिहं बलको ४ वर्षीया छोरी खुसी बल खेल्ने क्रम्मा लडि गम्भिर घाईते भई उपचारको क्रममा अन्नपुर्ण नियुरो अस्पतालमा मृत्यु भएको छ ।
यसैगरी काभ्रे जिल्लाकै बेथानचोक गाउँपालिका ६ टावरीमा ३५ वर्षीया रमिला थापा मगरले झुण्डीएर आत्महत्या गरेकी छिन् । यता मकवानपुर जिल्ला मनहरी गाउँपालिका–६ सुनाचुरीमा पुष्प राईको १२ वर्षिय छोरा क्षितिज राईले आफ्नै घरमा झुण्डिएर आत्महत्या प्रयास गरेको र उद्धार गरी उपचारार्थ चितवन मेडिकल कलेज लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
यसैगरी सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका मरिण खोलामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । यसैगरी भरतपुर नगरपालिका १२ बस्ने ५६ बषिर्य टिकाराम बि.कको घरैमा लडेर मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । यसैगरी प्रहरीका अनुसार भरतपुर १७ नारायणी नदीमा एक पुरुषको शव फेला परेको छ । शवको पहिचान भएको छैन ।
यसैगरी भरतपुर २९ चौधकिलो भन्ने स्थानमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको प्रदेश २–०१००१ क ०२०२ नं. को ट्रकले बिपरीत दिशाबाट जादै गरेको प्रदेश २–०३००१ प १८१४ नं. को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक र साथमा दुबै जना गम्भिर घाईते भई उपचारको क्रममा १ जनाको मृत्यु भएको हो । भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा पर्सा जिल्ला बिरगंज उपमहानगरपालिका बस्ने २८ वर्षिय जगतप्रसाद चौरासियाको मृत्यु भएको छ भने पर्सा पोखरिया नगरपालिका बस्ने ३८ वर्षिय सोनलाल पण्डितको उपचार भैरहेको छ । उनको पनि अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

