मकवानपुर । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । अध्यक्षकी प्रत्यासी अनिता विन्दूलाई हराउँदै लम्साल विजयी भएका हुन् । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनकाे हेटाैडामा भएकाे ९ औं अधिवेशनबाट संस्थापन इतर समुहका लम्साल अध्यक्षमा विजयी भएका हुन् ।
काग्रेसकाे शेखर कोइरालासमूहबाट लम्साल अध्यक्षमा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । अन्य पदाधिकारीमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ । युनियनको ९ औं अधिवेशनमा भएको मतदानबाट बरिष्ठ उपाध्यक्षमा प्रेम केसी विजयी भएका छन् । केसीले प्रत्यासी सरोज अधिकारीलाई हराउएका हुन् । त्यस्तै महासचिवमा दिलिप पौडेल विजयी भएका छन् । उनले संस्थापन पक्षका जगन्नाथ दुलाललाई पछि पारेका हुन् ।
त्यस्तै खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार बनेका नकुल अर्याल निर्वाचित भए । खुला उपाध्यक्षमै अर्को एक कोटामा संस्थापन पक्षका भिष्मराज ओझा बिजयी भएका छन् भने कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल बिजयी भएका छन् ।
अहिले मतगणना सकिएकाे छ । तर मत परिणाम भने गरिएको छैन ।
