मकवानपुर । विश्वकप फुटबल २०२२ कतारमा सुरु हुने समय नजिकिदै गर्दा सन् २०२६ मा आयोजना हुने फिफा विश्वकपको आयोजक सहर र रंगशालाको नाम सार्वजनिक भएको छ ।
सन् २०२६ को विश्वकप राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा आयोजना गर्नेछन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०२६ काे विश्वकप आयोजना हुने ती देशका १६ सहरका १६ रंगशालाको नाम सार्वजनिक गरेको हो ।
सन् २०२६ काे विश्वकपका खेलहरू अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ सहरमा आयोजना हुनेछ न्। उक्त विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ । हाल विश्वकपमा ३२ राष्ट्रले सहभागिता जनाउँदै आएका छन्
अमेरिकामा खेल हुने सहर र मैदान :
मर्सिडीज–बेन्ज स्टेडियम (एटलान्टा), एटी एन्ड टी स्टेडियम (डलास), जिलेट स्टेडियम (बोस्टन), एनआरजी स्टेडियम (ह्युस्टन), एरोहेड स्टेडियम (कन्सास सिटी), सोफी स्टेडियम (लस एन्जलस), हार्ड रक स्टेडियम (मियामी), मेटलाइफ स्टेडियम (न्यूयोर्क–न्यू जर्सी), लिंकन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया), लेभिस स्टेडियम (सान फ्रान्सिस्को) र लुमेन फिल्ड (सिएटल) ।
मेक्सिकोमा खेल हुने सहर र मैदान :
एज्टेका स्टेडियम (मेक्सिको सिटी), स्टेडियो बिबीभीए (मोन्टेरी) र स्टेडियो एक्रोन(गुआडालाजारा)
क्यानडामा खेल हुन सहर र मैदान :
बिएमओ फिल्ड (टोरेन्टो), बिसी प्लेस (भ्यानकुभर)

