मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा गठबन्धनकाे अग्रता कायमै छ । प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता कायमै राखेको छ ।
गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दार्जे लामा नेकपा एमालेका अध्यक्ष उम्मेदवार विदुर हुमागाईं भन्दा १ हजार ५ सय ७३ मतले अगाडि रहेका छन् । उनले हालसम्म ३ हजार ५ सय ७९ मत प्राप्त गरेका छन् भने हुमागाईंले २ हजार ६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी मानकुमारी पाख्रिनले एमालेका उपाध्यक्षकी उम्मेदवार सन्तु थिङ्लाई १ हजार ३६० मतले पछि पारेकी छिन् । पाख्रिनले ३ हजार २ सय ३६ मत प्राप्त गर्दा एमालेकी थिङले १ हजार ८ सय ७६ मत प्राप्त गरेकी छिन् ।
सोमबार बिहानसम्म गाउँपालिकाकाे ४ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्वर १,२,७ र ८ को मतगणनाको अन्तिम परिणाममा सवै वडामा नेपालीका काग्रेस विजयी भएकाे छ । अहिले वडा नम्वर ३ र ६ को मत गणना जारी छ ।

