मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले रविन्द्र घिमिरेलाई जिल्ला सदस्यमा मनोनित गरेको छ । नेता घिमिरे आमन्त्रित जिल्ला सदस्य मनोनित भएसगै स्थानीय निर्वाचनको लागि दर्ता गराएको उम्मेद्वारी फिर्ता लिएका छन् ।
घिमिरेले कांग्रेसबाट वडाध्यक्षको टिकट प्राप्त गरेर पनि दर्ता गर्न नपाएपछि हेटौंडा २ को वडा अध्यक्ष लागि स्वतन्त्रबाट उम्मेद्वारी दिएका थिए । उनले आज उम्मेद्वारी फिर्ता लिने समय साँझ ५ बजे अगावै उम्मेद्वारी फिर्ता लिएका छन् ।
यसैगरी, हेटौंडाको मेयर पदमा उम्मेदवारी दिएका नेपालका लागि नेपाली पार्टीका सुकुन्द प्रसाद आचार्यले मेयर पदमा दिएको उम्मेद्वारी फिर्ता लिएका छन् । राप्रपाबाट हेटौंडामा मेयरका उम्मेद्वार दिपकबहादुर सिंहलाई समर्थन गर्दै आचार्यले उम्मेदवारी फिर्ता लिएको जनाएका छन ।
शुक्रबार उम्मेद्वारी फिर्ता लिने समय साँझ ५ बजे अगाबै आचार्यले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हन् । आफ्नो पार्टीको सिद्धान्त र विचार राप्रपासंग मिल्ने भन्दै हेटौंडाको मेयरमा राप्रपाका नेता सिंहलाई समर्थन गरेर उम्मेद्वारी फिर्ता लिएको आचार्यले बताए ।

