मकवानपुर । आसन्न स्थानीय तह निर्वाचन -२०७९ को लागि नेपाल कम्युनिस्ट पार्टी एमालेबाट हेटौंडा -५ मा उम्मेदवार बनेका वडा अध्यक्ष तथा सदस्यहरूले मनोनयन दर्ता गराएका छन् ।
वडा कार्यालयबाट र्याली सहित पार्टी कार्यालय पुगेका वडाका उम्मेदवारहरू र कार्यकर्ताहरूले आसन्न निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरेका थिए । जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर वडा अध्यक्ष सुशिल घिमिरेले मनोनयन दर्ता गराएका हुन् । यसैगरी वडाका सदस्यहरू ज्ञानबहादुर थापा, रामबहादुर राई, रन्जिता सिलवाल र भगवती बिकले पनि मनोनयन दर्ता गराएका वडा अध्यक्ष पदम बजगाईले बताए ।
वडा कार्यालयबाट मनोनयनको लागि निस्कदै गर्दा स्थानीय नेता तथा कार्यकर्ताहरूले टिका लगाएर उम्मेदवारहरूलाई शुभकामना दिएका थिए भने जिल्ला कार्यालय पुग्दा वडाका उम्मेदवारहरूलाई पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलगायतले टिका र खादा लगाएर बधाई तथा शुभकामना दिएका थिए ।
मनोनयन दर्तापछि छोटो प्रतिक्रिया दिंदै वडा अध्यक्षका उम्मेदवार घिमिरेले हेटौंडाको ५ वडाको शिक्षा, स्वास्थ्य,कृषि, खेललगायत चौतर्फी बिकासमा आफ्नो टिमले योगदान गर्ने योजना बनाएकोले टिमलाई जिताउन आग्रह गरे ।
यसैगरी हेटौंडाको १९ वटै वडाका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । एमालेबाट हेटौंडाको १९ वटा वडाका उम्मेदवारहरू को को छन् हेर्नुस् :


