मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराएका हुन । उनीहरूसंगै नगरका वडा अध्यक्ष तथा सदस्यहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् । केहि वडाहरूको दर्ता क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले बताए ।

एमाले कार्यकर्ताहरू उम्मेदवारी दर्ताको लागि बिभिन्न सांस्कृतिक झांकी र र्याली सहित पार्टी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । पौडेलको प्रस्तावकमा बर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल रहेका छन् । उपमेयर काफ्लेको प्रस्तावकमा एमाले नेतृ आरती पाठक तथा समर्थकमा सिता विष्ट रहेका छन् ।

यता गठबन्धनले पनि केहि बेरमा र्याली सहित उम्मेदवारी दर्ताको लागि निस्कने तयारी गरिरहेको छ ।
हेटौंडाको १९ वटा वडामा उम्मेदवारी रहेका एमालेका उम्मेदवारहरूको विवरण यस्तो छ:


