मकवानपुर । मकवानपुरमा भिमफेदी गाउँपालिकामा पनि नेकपा एमालेले उम्मेदवारी दर्ता गराएकाे छ । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमाले बागमती प्रदेशको उपसचिव महेश बर्तौलाको प्रमुख आतिथ्यमा भएको बृहत र्याली सहितको कार्यक्रममा एमालेका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थितिमा गाउँपालिकाको अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्वती रानाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
छोटो मन्तब्यको क्रमामा बर्तौलाले यो स्थानीय चुनाब भाजपाको गोटीको रुपमा रहेको पाँच दलीय गठबन्धनहरुको बीच र एमालेको बिचमा प्रतिस्पर्धा हुने र जीत नेकपा एमालेकै हुने बताए | कार्यक्रमा बोल्दै एमालेको उम्मेदवार जिताउन सम्पूर्ण भीमफेदी बासीलाई आग्रह समेत गर्नुभयो |
यस्तै नेकपा एमालेबाट भीमफेदी गाउँपालिकाको १ नम्बर वडा अध्यक्षमा पन्चमायाँ स्याङ्तान, २ नम्बर वडा अध्यक्षमा काशिराम बज्यु , ३ नम्बर वडा अध्यक्षमा प्रकाश पौडेल , ४ नम्बर वडा अध्यक्षमा सागर पाण्डे, ५ नम्बर वडा अध्यक्षमा जहार सिंह लामा, ले उम्मेदवारी दर्ता गराउनुभएका छन् ।
यसैगरी ६ नम्बर वडा अध्यक्षमा सिताराम थापा, ७ नम्बर वडा अध्यक्षमा परमेश्वर राना , ८ नम्बर वडा अध्यक्षमा बिष्णु भोलन र ९ नम्बर वडा अध्यक्षमा प्रकाश पुडासैनीले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको छ । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
बाजागाजासहित एमालेका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थितिमा गाउँपालिकाको अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै नेकपा एमालेबाट मनहरी गाउँपालिकाको १ नम्बर वडा अध्यक्षमा भीमसेन अधिकारी, २ नम्बर वडा अध्यक्षमा निमा लामा, ३ नम्बर वडा अध्यक्षमा मानबहादुर बल, ४ नम्बर वडा अध्यक्षमा रविन ढकाल, ५ नम्बर वडा अध्यक्षमा किशोर बर्तौला, ले उम्मेदवारी दर्ता गराउनुभएका छन् । यसैगरी ६ नम्बर वडा अध्यक्षमा गोपी लामा, ७ नम्बर वडा अध्यक्षमा नारायण सिं घिसिङ, ८ नम्बर वडा अध्यक्षमा पुष्कर सुवेदी र ९ नम्बर वडा अध्यक्षमा लक्ष्मण उप्रेतीले उम्मेदवारी दर्ता गराउनुभएका छन् ।
मकवानपुरको कैलाश गाउँपालिकाका २ वडाबाट नेकपा एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिकाको वडा नम्बर ५ र १० बाट एमालेका तर्फबाट वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
कैलाश ५ को वडा अध्यक्षमा छेकु लामाले दोस्रो पटक उम्मेदवारी दर्ता गराउनुभएको छ । यसअघि पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी हुनुभएका लामाले दोस्रो पटक वडा अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गर्नुभएको हो । वडा सदस्यहरुमा दुदु कुमारी मोक्तान, राधिका विक, मान बहादुर पाख्रिन र टेक बहादुर लोले उम्मेदवारी दर्ता गाउनुभएको छ । वडा सदस्यहरुमा लो नयाँ अनुहार हो भने अन्य सबैजना दोस्रो पटक वडा सदस्यमा उम्मेदवारी रहेको छ । यसैगरी कैलाशको वडा नं. १० को अध्यक्षमा सूर्य बहादुर भ्लोनले उम्मेदवारी दर्ता गराउनुभएको ।
वडा सदस्यहरुमा जुनसरी राई, बिमला सुनार, दिनेश थिङ र प्रताप सिं वाइबाको उम्मेदवारी रहेको छ । कैलाश–१० मा एमालका तर्फबाट सम्पुर्ण उम्मेदवार नयाँ अनुहार रहेका छन् । कैलाश गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा बाँकी वडाका अध्यक्ष तथा सदस्यहरुको उममेदवारी सोमबार दर्ता गराइने जनाइएको छ ।

