मकवानपुर /जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागु औषध र गांजा सहित ६ जनालाई नियन्त्रमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरीले मनहरी गाउँपालिका वडा नं. ६ पूर्व पश्चिम लोकमार्ग सडक खण्डबाट लागुऔषध गांजा बरामद गरेको छ ।
चितवनबाट हेटौडा तर्फ जाँदै गरेको बा ८ ख ८१०६ नं. को यात्रुवाहक बसको पछाडिको सिटमा सवार चितवन राप्ती नगरपालिका वडा नं. १ बस्ने १९ बर्षीय सरोज तामाङ, वडा नं. ११ बस्ने २५ बर्षीय सुर्य बहादुर स्याङबो, २८ बर्षीय होमनाथ मुक्तान, २५ बर्षीय यमराज मुक्तान र ३४ बर्षीय एबी लाल तामाङ्को साथबाट लागुऔषध गाँजा ३५ किलो बरामद गरेको हो ।
यसैगरी अस्थायी प्रहरी पोष्ट हरीयाली मकवानपुरबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण बि.क. को कमाण्डमा खटिएको प्रहरीले मकवानपुर हे.उ.म.न.पा. वडा नं. ७ नागस्वती बस्ने २२ बर्षीय सन्देश ब्लोनको घरमा जाँच गर्ने क्रममा दराज र प्लङमा लुकाई राखेको लागुऔषध ट्रामा १०४० ट्याबलेट, नाईट्रोभेट ५२५ ट्याब्लेट र मोरेक्स १० बोतल फेला परेपछी सन्देश ब्लोनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको जिप्रका मकवानपुरले जनाएको छ ।

