मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले चैत्र २७ गते हेटाैडामा आाभसभा आयाेजना गर्ने भएकाे छ । पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्वाेधन गर्ने गरी आमसभा तथा पार्टी प्रवेश कार्यक्रम हुने राप्रपा मकवानपुरले जनाएकाे छ ।
आसन्न स्थानीय तहकाे निर्वाचन लक्षित गरी आमसभाको कार्यक्रम राखिएकाेले साेही अनुसार समितिहरु बनाएर तयारी सुरु गरिएकाे राप्रपा मकवानपुर प्रवक्ता बिशभ अधिकारीले जानकारी दिए । साेमबार पार्टी कार्यालय हेटाैडामा केन्द्रीय नेता, प्रदेश नेता र जिल्ला पधाधिकारीकाे वेठक बसी आमसभा तयारीकाे लागि विभिन्न समितिहरु गठन गरिएकाे हाे । अध्यक्ष लिङदेनकाे प्रमुख आतिथ्यतामा हुने आमसभा एवंम पार्टी प्रवेश कार्यक्रमको लागि आर्थिक समिति, तयारी समिति, प्रचार प्रसार समिति, मन्च व्यवस्थापन समिति, स्वयंम सेवक समिति, यातायात व्यवस्थापन समिति र समारोह स्वागत समिति गठन गरिएकाे प्रवक्ता अधिकारीले बताए ।
आर्थिक समिति पार्टीका केन्द्रीय नेता मधु अधिकारीको संयोजकत्वमा गठन गरिएको छ । समिति सदस्यमा रामहरि न्यौपाने, धुर्व सन्जेल, राम बहादुर थोकर, गुज्न बहादुर न्यौपाने र गोपि न्यौपाने रहेका छन्। यस्तै तयारी समिति तथा अनुगमन समिति पार्टी मकवानपुर जिल्ला अध्यक्ष शिव राम थापाको संयोजकत्वमा गठन गरिएको छ। त्यसै गरी प्रचार प्रसार समिति जिल्ला प्रवक्ता बिशभ अधिकारीकाको संयोजकत्वमा गठन गरिएको छ । प्रचार प्रसार समिति सदस्यमा उमेश थापा, कविन्द्र भट्टराई, प्रकाश चौलागाई, सन्दिप सापकोटा, लक्ष्मण सापकोटा, आयुस डोटेल र कृष्ण प्रसाद धिमिरे रहेका छन् ।
यसैगरी मन्च व्यवस्थापन समिति शंकर सिंह ठकुरीको संयोजकत्वमा गठन गरिएको छ । उक्त समितिकाे सदस्यमा सागर थापा, राजु सन्जेल, बाल कुमारी डल्लाकोटी र भरत तिमल्सिना रहेका छन्। यातयात व्यवस्थापन समिति ऋषिलाल श्रेष्ठको संयोजकत्वमा गठन गरिएको छ भने साे समितिमा निरध्वज खड्का र बिष्णु अधिकारी सदस्य रहेका छन्। स्वगत समारोह समिति सुन्दर शाहको संयोजकत्वमा गठन गरिएको छ । सो समितिमा ईन्दिरा न्यौपाने, माया न्यौपाने, नीरु गौतम, खुसी कार्की र तुल्सी थिङ सदस्य रहेका छन्। त्यसै गरी स्वयं सेवक समिति युवक संगठनको अध्यक्ष बिकास बोम्जन तथा सम्पूर्ण युवा मोर्चालाई जिम्मेवारी दिएको प्रवक्ता अधिकारीकाले जानकारी दिए ।

