मकवानपुर। कांग्रेस हेटौंडा नगरको वृहत नगर भेला साेमबार भएको छ। आसन्न स्थानीय तह निर्वाचनकाे सन्दर्भमा ‘घर घर जाऔ कांग्रेस जिताऔ’ अभियान अन्तर्गत वृहत हेटौंडा नगर भेलाको आयोजना गरिएको हो।
नगर भेलाका प्रमुख अतिथि कांग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले स्थानीय तहकाे निर्वाचनमा गठबन्धन आवश्यकता रहेको तर व्यवस्थित गरेर जानु पर्ने बताइन। पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन लाद्न नखोजेको तर व्यवस्थित गर्नु पर्नेमा चितिन्ति रहेको समेत बताइन। ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्न वडातहबाट सर्वसम्मत चयन गर्न इकाइ समितिलाई जिम्मा दिनुपर्छ’-डिनाले भनिन्।
त्यसैगरी कांग्रेस पुर्व सदस्य तथा मकवानपुर प्रतिनिधि गुरुराज घिमिरेले कार्यक्रम घरघर जाऔ कांग्रेस जिताऔ अभियान स्थानीय तहको निर्वाचनमा जनताको निरासलाई भगाउदै कांग्रेसलाई विजयी गराउन जनतासंग जोड्ने आधारशिला रहेको बताए। ‘कम्युनिष्टबाट जनता चरम निरास बनेकोले साे अन्त्य गर्न आवश्यक रहेको छ’ घिमिरेले बताए ।
निर्वाचनमा गठबन्धन भएपनि उनीहरुको सत्यता बुझाउनु यस अभियानको मुख्य उद्देश्य हो”-घिमिरेले भने।
भेलामा सम्बोधन गर्दै कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस पद्दतीमा चल्ने पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा पदकालागि प्रतिस्पर्धाको हावी भएको स्वीकार गर्दै मिलेर लैजानुको विकल्प नरहेको बताए । पार्टी निर्णय विरुद्ध जिम्मेवार कांग्रेसी हिड्न नहुने भन्दै स्थानीय तहको निर्वाचनमा गठबन्धन अपरिहार्य भएको बाँनियाले बताए। ‘भारतमा सरकारको नेतृत्व गरिरहेको भाजपा कुनै समय २१ वटा दलसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको थियो,स्मरण रहोस अप्ठेरो परेको अवस्थामा सहकार्य गर्नेलाई कांग्रेस धोका दिदैन’-नेता बानियाँले भने।
कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीको सभाध्यक्षतामा भएकाे भेलामा कांग्रेस सह महामन्त्री महालक्ष्मी डिनाको प्रमुख आतिथ्यता रहेको थियो भने कांग्रेस निवर्तमान केन्द्रीय सदस्य घिमिरे र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई हेटौंडा-१ का सभापति रामकृष्ण महर्जन प्रतिनिधिसभा १ प्रदेश ख का सभापति राजेश बानियाँ,संघिय सभापति दामोदर खनाल,कांग्रेस मकवानपुरका पुर्व सचिव आनन्दराम पराजुलीले, बागमती प्रदेश सदस्य तथा मकवानपुर प्रदेश प्रतिनिधि प्रज्वल दवाडी,बागमती प्रदेश सदस्य तथा हेटौंडानगर प्रतिनिधि तारा गुरुङ, कांग्रेस दैलेखका महासमिति सदस्य खगेन्द्र सुनार,कांग्रेस मकवानपुर सभापति बुद्ध लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा मकवानपुर सभापति बुद्ध लामा,उप सभापति आनन्द कठायत,सचिव भिमसेन महत,इश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने,निसान्त बजगाई,कांग्रेस मकवानपुरका संघिय सभापति दामोदर खनाल,लोक मुक्तान,प्रदेश(क्षेत्रीय) सभापतिहरू सुशान्त श्रेष्ठ,राजेश बानियाँ,खड्ग गोपाली,रञ्जन कालाखेती कांग्रेस मकवानपुरका पुर्व सभापति माइकल रामचन्द्र अर्याल,पुर्व कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने,पुर्व मकवानपुर सचिव आनन्दराम पराजुली, कांग्रेस मकवानपुरका संगठन विभाग प्रमुख सैलेन्द्र बानियाँ सहित हेटौंडाका १९ वडा सभापति,महाधिवेशन प्रतिनिधि,महासमिति सदस्य क्षेत्रीय प्रतिनिधि लगायत विभिन्न भातृसंगठनका प्रतिनिधि नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।
अन्य पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश
नेपाली कांग्रेस हेटौंडा उपमहानगरको आयोजनामा भएकाे नगर भेलामा एमाले सहित अन्य पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेसीलाई प्रमुख अतिथि महालक्ष्मी उपाध्याय डिना, कांग्रेस बागमती प्रदेश सभापति बानियाँ र केन्द्रीय प्रतिनिधि घिमिरेले खादा र टिका लगाएर स्वागत गरेका थिए।

