मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध सहित १ जनालाई पक्राउ गरेकाे छ । लागू औषध डाईजेपाम २ सय ८० एम्पुल, फेनार्गन २ सय ६८ एम्पुल र नुफिन २ सय ५० एम्पुल समेत गरी ७ सय ९८ एम्पुल सहित बकैया ४ छतिवनका नानीमाया खबीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
माघ २१ गते प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले छतिवन घर भई हाल हेटौडा १९ बस्तिपुर स्थित डेरा कोठा गरी बस्ने बर्ष २९ की खत्रीको काेठामा लुकाइ राेखकाे अवस्थामा उक्त परिमाणकाे लागु औषध फेला पारेकाे हाे ।
लागू औषध लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हुँदा उक्त लागुऔषध सहित खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

