लता पाैड्याल निराैला
१.
भित्रभित्रै राेएर बाहिर हाँस्नेलाई सलाम
आ- आफ्नै भाकामा नाच्नेलाई सलाम
उज्याला दिनहरूमा भविष्य देख्नेहरू
अरुकाे लागि मरी आफू बाँच्नेलाई सलाम ।
२.
तिमी मेराे अनि म तिम्राे लागि आधि आधि हाे
पति परमेश्वर भन्नु समाजले दिएकाे उपाधि हाे
किन लत्याउँछाै तिमी हुङ्कार पालेर मलाई ?
आखिर दुबैकाे अन्तिम गन्तव्य उही समाधि हाे ।
३.
सा-साना सचनात्मक कामले चिनिन सकाैं
पवित्ररूपि भावनाकाे धामले चिनिन सकाैं
विचारलाई कालाे पर्दाले नढाकाेस् कहिल्यै पनि
दामले हाेइन दुनियाँसामु नामले चिनिन सकाैं ।
४.
शासक कहिल्यै साथी हुँदैन
हरदम बन्छ दियाे बाति हुँदैन
जनता लुटेर खान पल्केकाे ऊ
सर्वस्व पाए पनि जाति हुँदैन ।
५.
शहर पसेर तिमीले गाउँ बिर्सियाै
आफ्नै बाआमाकाे नाउँ बिर्सियाै
कमाए तिर्छु भन्याै साहुकाे ऋण
ब्याजकाे त के कुरा साउँ बिर्सियाै ।
इलाम

