मकवानपुर । राष्ट्रिय युवा संघ नेपालको मकवानपुर इञ्चार्जमा दिलु घर्ती चयन भएकि छिन् । घर्ती पोखरामा पुस २८ देखि ३० सम्म सम्पन्न राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकबाट अधिवेशन आयोजक कमिटी सदस्यमा मनोनित भएकी थिइन्
घर्तीलाई सचिवालयको दोस्रो बैठकले मकवानपुर इञ्चार्जको जिम्मेवारी दिइएको हो ।अनेरास्ववियुबाट एमाले राजनीतिमा प्रवेश गरेकी घर्ति लामो समयदेखि युवा संघको सक्रिय राजनीतिमा रहेकी छिन् ।
इन्चार्ज चयन पछि घर्तिले मकवानपुरमा युवा संघको गतिविधिलाई थप शसक्त ढंगले अघि बढाईने बताईन् । आफुहरुको अबको ध्यान युवा संघको केन्द्रीय अधिवेशनमा केन्द्रीत हुने तथा केन्द्रीय अधिवेशनलाई सफल बनाउन मकवानपुरले महत्वपूर्ण भूमिका खेल्ने उनले बताईन् ।

