मकवानपुर। कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदमा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छिन् ।
देउवा समूहबाट उम्मेदार बनेकी उनले महिला क्लष्टर अन्तर्गत उम्मेदवारी दिएकी अर्की उम्मेदवार कमला पन्तलाई पराजित गर्दै सह-महामन्त्रीमा निर्वाचित भएकी हुन। विहीबार सम्पन्न मतगणनाअनुसार उनले कुल ४ हजार ६ सय ३८ सदर मतमा २ हजार ५ सय ३३ मत ल्याइन् भने पन्तले २ हजार १ सय ५ मत प्राप्त गरिन्। प्
कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। यसैगरी सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणनामा मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै जीवन निर्वाचित भएका हुन् ।
डा. शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २ हजार २ सय १५ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २ हजार १ सय ७५ मत मात्र पाए ।
काँग्रेसको जनजाति क्लस्टर अन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे २ हजार ७ सय ११ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी विकास लामाले १ हजार ९ सय १३ मत प्राप्त गरे । आदिवासी जनजातितर्फ कूल ४ हजार ६ सय ८१ मत खसेको थियो । काँग्रेसको सभापति बाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो । काँग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।

