मकवानपुर । हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिले यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशकाे ध्यानाकर्षण गराएका छन् । उपमहानगरपालिकाका ३ जना वडा अध्यक्षहरुले यातायात पुर्वाधार निर्देशनालय हेटौडामा पुगेर ध्यानाकर्षण पत्र दिएका छन् ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर २, ४ र १० का वडा अध्यक्षहरुले निर्देशनालयमा पुगेर निमित्त निर्देशक सहदेब भण्डारीलाई ध्यानाकर्षण पत्र दिएका हुन् । हेटौडा ४ हुप्रा क्षेत्रको ४ किमि सडक कालोपत्रे गर्ने, पेटि ढल निर्माण गर्ने कार्यकाे लागि खनि छाडेको सडकमा मानविय दुर्घटना भई रहेको तथा हुन सक्ने, हेटौडा १० को टिसियन रोड, हेटौडा २ को मानस चोक देखी मनकामना चोक र वनस्खण्डी सड़क कालो पत्रे यातायात पुर्वाधार निर्देशनालय हेटौडाद्वारा बोलपत्र भई सम्झाैता भएकाेमा सम्पन्न हुन नसकेकेा लगायतकाे विषयमा ध्यानाकर्ष गरिएकाे हाे ।
उक्त कार्य सप्तकोशी जलाधार ओम साई, जे भि तिनकुने काठमाण्डौले २०७८ मंसिर २ गते सम्म निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरे पनि हालसम्म काम सुरु नगरेको वडा नंबर ४ का वडा अध्यक्ष नविन सिग्देलले बताए । वडा अध्यक्षले पेश गरिएको ज्ञापनपत्रमा भनिएको छ ‘ उक्त सडक क्षेत्र अत्यन्त जिर्ण भई मानिस आवत जावत गर्न समस्या परेको, बातावरणीय प्रतिकुलता उत्पन्न भएको र दुर्घटना ग्रस्त क्षेत्र रहेकोले तत्काल निर्माण कार्य अगाडि बढाउनुको लागl आवश्यक कार्वाहीको प्रकृया अगाडि बढाउन सम्बन्धित कार्यालयको गम्भिर ध्यानाकर्षण गर्दछौं साथै सरकारी नीति नियम अनुसार आवश्यक कार्वाहीको प्रकृया अगाडि बढाउन समेत अनुरोध गर्दछौ ।’
ज्ञापनपत्र लिदै निमित्त निर्देशक भण्डारीले तत्काले ति ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाएर बैठक गरिने बताए । सरकारले पनि कोरोनाको कारण यो वर्षको अन्तिमसम्म काम गर्न समय दिएको भन्दै उनले निर्माण कम्पनीले आफुहरुले दिएको तालिका बमोजिम काम गरेको नपाईएमा तुरुन्तै कारबाहीको प्रक्रिया सुरु गर्ने बताए ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा वडा नंबर २ का वडा अध्यक्ष हरि राउत, १० का वडा अध्यक्ष कितापसिंह लामा सहितका वडा सदस्य, टोल विकास सस्थाका प्रतिनिधिहरु लगायतकाको उपस्थिति रहेको थियो ।


