मकवानपुर/२० नोभेम्वर अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा अन्तरक्रिया गरिएको छ ।
सिविन नेपालको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा बालअधिकार, बालसंरक्षण, बालमैत्री सेवा प्रवाहमा नेपाल प्रहरी एवं बालहेल्पलाइन १०९८ को भुमिका विषयमा एकदिने अन्तकृयात्मक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बालअधिकार, बाल संरक्षण, बाल विवाह, अनलाईनमा बालबालिकाहरुको प्रयोग एव दुरुपयोग, बालबालिकाहरुको उद्धार, संरक्षण, परामर्श, पुर्नस्थापना, शारिरीक दण्ड, हिंसा, यौनदुर्व्यवहार, हराएका तथा फेला परेका बालबालिकाहरुको सन्दर्भमा कसरी बालहेल्पलाइन १०९८ र नेपाल प्रहरीसँग समन्वय गरि कार्य गर्दा प्रभावकारीता बारे चर्चा गरिएको थियो ।
यसै सन्दर्भमा मकवानपुर जिल्लाका विभिन्न प्रहरी चौकि, इलाका तथा जिल्ला प्रहरीमा कार्यरत कर्मचारीसँग अन्तरकृया भएको बाल हेल्पलाइन जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले बताए ।
मकवानपुर जिल्लामा सिविन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषदको सहकार्यमा सिविन नेपालले संचालन गरेको बालहेल्पलाइन संचालन कार्यविधि २०७६ को बारेमा समेत जानकारी गराउनुका साथै प्रहरी र बालहेल्पालाइनको समन्वयमा विगतमा भएका बालबालिकाका घटनाकाको सन्र्दभमा समेत छलफल भएको थियो ।
पछिल्लो समयमा बालबालिका कसरी सामाजिक संजालको लतमा परि समस्यामा परेका छन र सामाजिक संजालको दुरुपयोगका कारण दुर्व्यवहार, बालविवाह तथा विद्ययालय समेत जान छोडि कुलतमा फसेका विषयमा सहभागि विचमा छलफल भएको थियो ।
कार्यक्रमा सहभागिहरुलाइ सम्बोधन गर्दे डि.एस.पि.जयश्वर रिमालले यस कार्यक्रमबाट सहभागिहरुले बालअधिकार तथा बालसंरक्षणका विषयमा धेरै बुझ्ने अवसरमिलेको र यस अवसरलाइ ब्यवहारमा लागु गर्न सबैलाइ अनुरोध गर्दे आगामि दिनमा बालहेल्पलाइनसँग थप सहकार्य गरि अगाडि बढ्ने जानकारी गराए ।
कार्यक्रममा ४५ जना विभिन्न दर्जाका प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सिविन नेपालका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले गरेका थिए ।

