मकवानपुर । नेकपा (एकिकृत समाजवादी) ले मन्त्री हुनेहरुकाे नाम प्रधानमन्त्रीलाई बुझाएकाे छ । एकीकृत समाजवादीले सरकारमा सहभागी हुने ६ जना मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हाे ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएर प्रधानमन्त्री देउवालाई बुझाएका हुन् । एकीकृत समाजवादीबाट मन्त्रीका लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम सिफारिस भएको छ।
अध्यादेश फिर्ता लिएर सरकार विस्तारको तयारी भइरहेका बेला नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ । माओवादी केन्द्रको असाेज ११ गते बसेको स्थायी समिति बैठकले पनि अध्यादेश फिर्ता लिँदै चाँडो सरकार विस्तारका लागि पहल लिने निर्णय गरेको थियो ।
देउवाकाे नेतृत्वमा सरकार गठन भएको २ महीना बितीसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

