मकवानपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज शनिबार भएकाे गाउँ अधिवेशनबाट कांग्रेस बकैया गाउँपालिकाको सभापतिमा दिलबहादुर बम्जन सर्वसम्मत चयन भएका छन् । यस अघी सभापति रहेका भुमिनन्द गौतम सभापति उम्मेदवारबाट पछी हटेपछी बम्जन सभापति पदमा सर्वसम्मत भएका हुन् ।
यसैगरि सभापति पदको तयारीमा रहेका बकैया-१० का वडा अध्यक्ष समेत रहेका सोम तिमल्सिना,निशान बजगाइँ समेतले उम्मेदवारी दर्ता नगरे पछी बम्जनलाई सभापति बन्न सजिलाे भएकाे थियाे ।

