मकवानपुर । हेटाैडामा बुधबार ५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काग्रेस प्रवेश गर्नेहरुमा नेकपा एमालेका नगर सचिवालय सदस्यसहित ५ जना रहेकाे नेपाली कांग्रेस मकवानपुरले जनाएकाे छ ।
कांग्रेस प्रवेश गर्नेहरुमा एमाले नगर सचिवालय सदस्य एवं हेटौंडा–६ का सह–इन्चार्ज जयराम घिमिरे, नेकपा माओवादी केन्द्रबाट मनहरी गौतम, पारस गौतम, पाष्टर प्रेम हुँमागाई र बिवामाया रहेका छन् । उनीहरुलाई नेपाली कांग्रेस मकवानपुरका सभापती इन्द्रबहादुर बानियाँले पार्टीको सदस्य प्रदान गरेका हुन् ।
पार्टी प्रवेशकाे अवसरमा घिमिरेले एमालेको अहिलेको क्रियाकलापले जनता आजित भएको र अब कांग्रेसबाट मात्रै विकास र स्थिरता सम्भव भएको बताए । उनले कम्युनिष्टमा कार्यकर्ता र जनताको समस्या बुझ्ने भावना समाप्त भएको र स्वेच्छाचारिता बढेकाले समाजसेवामा होमिन कांग्रेस रोजेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य अर्जुन प्रसाद दाहाल, दोर्जे लामा स्याङतान्, क्षेत्रीय सचिव सुवातसिं थिङ, हेटौंडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, हेटौंडा १७ का वडा सभापति नवराज न्यौपाने, हेटौंडा–६ का वडा सदस्य राजकुमार बास्तोला लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

