मकवानपुर । हेटौंडा उपमहानगरपालिका १७ नं. वडामा ९८ जना एमालेमा प्रवेश गरेका छन् । हेटौंडा १७ मा बिभिन्न पार्टी परित्यागगरी ९८ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले हेटौंडा १७ नम्बर वडा कमिटीले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रमका अवसरमा नेपाली कांग्रेश, नेकपा माओवादी, राप्रपा लगायतका पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गरेकाहरुलाई नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य कमल विष्ट, हेटाैडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, एमाले जिल्ला कमिटि सदस्य नरहरी महत, हेटौंडा–१७ का वडा अध्यक्ष भैरब राई लगायतले टिका र खादा ओढाएर स्वागत गरेका थिए ।

