मकवानपुर । प्रतिनिधि सभा बैठक भदौ २५ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ । नेकपा एमालेकाे अवराेध पछी प्रतिनिधि सभाकाे बैठक स्थगित भएकाे हाे ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरुद्ध गरेकाे थियाे । सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारबाही गरेको निर्णयलाई प्रक्रियामा नलगेको भन्दै बैठक अवरोध गरेको हाे।
एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि लागि स्थगित गरेका थिए । १५ मिनेटपछि बसेको दोस्रो बैठकपनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले अर्काे बैठक भदौ २५ गते शुक्रबार १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
यसै बीच सरकारले एमाले अवरोधकाबीच राजनीतिक दलसम्बन्धि अध्यादेश प्रतिनिधि सभामा आज पेश गरेको छ । पगृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका हुन् । एमाले सांसदहरूले नाराबाजी गरिरहेकै बेलामा सभामुखले गृहमन्त्री खाँणलाई समय दिएपछि उनी रोस्टममा पुगेर अध्यादेश पेश गरेका हुन् । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक स्थगित गरेकाे बताइएकाे छ ।

