मकवानपुर । हेटाैडाकाे कर्रा खाेलाले ट्रक बगाउँदा २ जना बेपत्ता भएका छन् । शुक्रबार विहान परेको वर्षाले कर्रा खाेलामा अाएकाे बाढीका कारण हेटौंडा-१७ चुनडाँडा स्थित कर्रा खोलाले १ ट्रक बगाउँदा २ जना बेपत्ता भएका हुन् ।
शुक्रबार दिउँसो हेटौंडा तर्फ आउदै गरेको ना ४ ख १४४० नंबरको ट्रक खोलाले बगाउँदा ट्रक चालक रामेछाप घर भएका ४० वर्षीय बद्री सार्की र ट्रकमा सवार गणेश थापा मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार खोलाको बहाव घट्ने क्रममा रहेकोले ट्रक बगाएर केही तल पुगेको र ट्रकको माथिल्लो भाग देखिएको छ । ट्रक खाेलाबाट निकाल्ने प्रयास गरिएकाे बताइएकाे छ । ट्रक चालक सार्की र ट्रक सवार मगर भने बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । हराएका दुवै जनाको खोजी कार्य भईरेहको छ ।

