मकवपानपुर । नेपालमा नेपालमा २ हजार ५ सय ६८ जना काेराेना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए सँगै संक्रमित थपिएका हुन् । १२ हजार ६३६ जना मध्य पीसीआर विधिबाट १ हजार ९ सय ८१ जना र एन्टिजेन विधिबाट ५ सय ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार साेही अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । याे समेत नेपालमा कुल संक्रमितमध्ये ६ लाख ५६ हजार १ सय ९७ जना संक्रमणमुक्त भइसकेका छन् । सक्रिय संक्रमितमध्ये २८ हजार ६३ जना होमआइसोलेसनमा, ३ हजार २ सय ३५ जना संस्थागत आइसोलेसनमा, ६ सय ७७ जना आईसीयूमा र १ सय ६९ जना भेन्टिलेटरमा उपचाररत रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ८७५ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ लाख ९५ हजार १ सय ३२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ४० लाख ६४ हजार २ सय ८८ जनाले पहिलो मात्रा र १८ लाख १३ हजार ४ सय ७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेकाे मन्त्रायलकाे तथ्याङ्कमा उल्लेख छ ।
मकवानपुरमा थपिए ८८ जना काेराेना संक्रमित
मकवानपुरमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएको छ। जिल्लामा पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना पुष्टि भएको छ । ८९ जनामा पीसीआर र ५६ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ७९ जना र ९ जना गरी ८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या १३ हजार ३ सय ७७ पुगेको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमण निको भएका छन् । यो संगै जिल्लामा कोरोना निको हुनेको संख्या १२ हजार १ सय ७३ जना पुगेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको कार्यलयले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाबाट १ सय ४३ जनाको ज्यान गएको छ ।




