मकवानपुर । काेराेनाे भाइरस संक्रमणकाे कारण नेपालमा सिनेमा हल बन्द छन् । विगत डेड बर्ष देखिकाे संक्रमणकाे कारण नेपाली चलचित्र उद्योग ठप्पजस्तै छ । तर, केही चलचित्रकर्मीले चलचित्र निर्माणलाई निरन्तरता दिएका छन् । स्वास्थ्य सुरक्षाकाे मापदण्ड पालन गर्दै सामाजिक दूरी कायम गरेर चलचित्र निर्माणमा व्यस्त छन् कतिपय चलचित्रकर्मीहरु ।
काेराेनाे महामारी कै बिच चलचित्र निर्माणमा हास्य अभिनेता तथा सामाजिक अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र अभिनेत्री कुञ्जना घिमिरे (सुुन्तली) लागि परेका छन् । उनीहरुले नयाँ चलचित्र ‘म त मर्छु कि क्या हो ?’ निर्माण गरेका छन् । चलचित्रकाे निर्देशन समेत धुर्मस सुन्तली जोडी नै गरेका छन् ।
धुर्मुस–सुन्तली प्रोडक्सनको ब्यानरमा चलचित्र ‘म त मर्छु कि क्या हो ?’ को निर्माण गरेका छन् उनीहरुले । मेरी बास्सै हास्य शृंखलाबाट धुर्मुस सुन्तलीको रूपमा स्थापित भएका यी जोडीले त्यो चलचित्रलाई यतिबेला यो चलचित्रमा प्रयोग गरेका छन् ।
चलचित्रले कमेडी, प्रेम र सामाजिक कथालाई उठान गरेको सिताराम कट्टेल धुर्मुस बताउँछन् । चलचित्रलाई समय मिलाएर सार्वजनिक गरिने भएकाे छ । चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका धुर्मुस सुन्तलीले रंगशाला बनाउने कार्यमा बाधा नपुगोस् भनेर यो चलचित्रको चितवनका अधिकांश लोकेसनमा छायांकन गरिएको हाे ।
चलचित्र ‘म त मर्छु कि क्या हो ?’ को ट्रेलर सार्वजनिक गरिएको छ । विगतमा नै छायांकन गरिएको यो चलचित्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको सीतारामले बताउँ छन् ।
यो चलचित्रमा यसमा सीताराम र कुञ्जना धुर्मुस र सुन्तलीको भूमिकामा देखिएका छन् । उनीहरुकाे अलावा चलचित्रमा रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशीला थापा लगायतको अभिनय हेर्न पाइने भएकाे छ ।
सुबिहानी फिल्मस्को प्रस्तुतिमा तयार यो चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन । यो चलचित्रमा सीताराम र कुञ्जनाको कथा रहेको छ । चलचित्रमा पटकथा तथा संवाद पनि यी दम्पतीले नै तयार गरेका हुन् । यो चलचित्रमा राजेन्द्र बजगाईंको संगीत, सुदीप बरालको छायांकन, मिलन श्रेष्ठको सम्पादन, स्वेत्ना योञ्जनको कोरियोग्राफी रहेको छ ।

