- एक वर्षमा ४ सय किलोमिटर पक्की सडक निर्माण ।
- एक सय वटा ठुला योजनाका सडक निर्माण गर्ने र एक सय वटा पुल निर्माणको काम पुरा गर्ने प्रदेश सरकारको सपना ।
मकवानपुर/ प्रदेश तथा स्थानीय तहको निर्वाचनताका जनताको घरदैलोमा पुगेर मात माग्दै गर्दा नेताहरुले देखाएको महात्वकांक्षि सपना थिए, स्थानीय क्षेत्रको विकास निर्माण । स्थानीय क्षेत्रको विकास निर्माण भन्नासाथ झ्वाट्ट बुझ्ने गरिन्छ स्थानीय क्षेत्रको बाटो ।
तिनै सपनालाई मुर्तता प्रदान गर्न क्रममा बागमती प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कच्चि रहेका स्थानीय सडकहरु पक्कि गर्ने योजना प्राथमिकतामा नै परेको देखिन्छ । बागमती प्रदेश सरकारले बितेको असार मसान्तसम्ममा कच्ची रहेका ४ सय ३२ दशमलब ६५ किलोमिटर सडकलाई पक्की निर्माण गरेको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालय हेटौंडा र मातहतका कार्यालय समेतले आर्थिक वर्ष २०७६–०७७ सम्म र आर्थिक वर्ष २०७७–०७८ सम्ममा कच्ची रहेका सडकलाई पक्की निर्माण गर्ने काम गरेको हो ।
“कच्ची सडकलाई पक्कीका रुपमा निर्माण गरिएपछी स्थानीय वासिन्दाबाट चाहेको माग पुरा हुने गरेको छ” एकजना प्रदेश सांसदलले भने “जतना पनि यसैमा खुसी भएको देखियो ।” प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय र पूर्वाधार विकास कार्यालयहरु ८ वटा गरी नौ वटा कार्यालयले आर्थिक वर्ष २०७६–०७७ मा एक सय ५२ दशमलब ७५ प्रतिशत सडकमा कालोपत्रे गरेको छ ।
बितेको आर्थिक वर्ष २०७७–०७८ मा एक सय ९९ किलोमिटर सडक कालोपत्रे गरेको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका सूचना अधिकारी हरि प्रसाद ओझाले जानकारी दिए ।
त्यसैगरी निर्देशनालय र मातहतका अरु नौ वटा कार्यालय समेत गरेर आर्थिक वर्ष २०७६–०७७ सम्ममा ४० दशमलब ५५ किलोमिटर सडक स्लाब ढालन गरिएको छ । बितेको आर्थिक वर्ष २०७७–०७८ मा भने ४० दशमलब ३५ किलोमिटर सडकमा स्लाब ढलान गरिएको ओझाले जानकारी दिए ।

विकासको मुल आधार भनेको पक्की सडक भएकाले यसलाई जोड दिइएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले बताउँछन् । “सडक ढलान गर्दा स्थानीय जनशक्तिलाई प्रयोग गरेर काम गरेका छौं” मन्त्री फूयाँलले भने “प्रदेश यातायात गुरुयोजना बनाएर काम काम सुरुका छौ ।” हरित बागमती प्रदेशको मुल अवधारणाका साथ काम सुरु गरिएको र बिधुतीय सवारीका साधनलाई भिœयाउन लागिपरेको उनले बताए । “सडक निर्माणसँगै सौन्दौर्यीकरण सहितको विकासमा जोड दिएका छौं, सडकसँगै हरियालीलाई पनि प्राथमिकतामा राखेका छौ ।”मन्त्री फूयाँलले भने ।
प्रदेशमा ५० वटा पुल निर्माण गरिसको उनले बताउ । एक सय वटा पुल निर्माण गर्ने तयारीमा रहेको बताउँदै मन्त्री फूयाँलले भने–“एक सय वटा रणनैतिक सडक निर्माण सक्ने लक्षका साथ काम अगाडि बढाएका छौं ।” मन्त्रालय मातहतका कार्यालयहरु पनि निर्माण गरिरहेको उनले बताए ।
यस्ता छन् मुख्य कामः
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा सुरुङ्ग निर्माणलाई अभियानको रुपमा अगाडि बढाउने प्रदेश गौरवको रूपान्तरणकारी आयोजनाको रूपमा रहेको पोष्टबहादुर बोगटी (भिमफेदी–कुलेखानी) सुरूङमार्ग को निर्माण कार्य संघीय सरकारको सहलगानीमा गरिने र काम सुरु गर्ने भएको छ ।
गत आर्थिक वर्षमा पूननिर्माण शुरू गरिएको ऐतिहासिक महत्वको चुरियामाई सुरूङ्गलाई पुनर्निर्माण सम्पन्न गरी अध्ययन केन्द्रको रूपमा विकास गरिने भौतिक पूर्वाधार विकास मन्त्री फूयाँलले बताए । सडक सञ्जाललाई अझ छोटो, सुरक्षित र व्यवस्थित बनाउन साना प्रकृतिका सुरुङ्ग निर्माण गर्न पूर्व सम्भाव्यता अध्ययन गर्ने व्यवस्था मिलाइएको हो ।
नारायणी खगेरी सिंचाई प्रणालीको अतिक्रमित भूभाग फिर्ता लिई, राईट अफ वे लाई थप चौडा गरि नहरको ईम्ब्यांकमेन्टमा मेट्रो रेल, ट्राम जस्ता सम्भाव्य यातायातको लागि अध्ययन कार्य प्रारम्भ गरिने, त्यस्तै प्रदेश राजधानी हेटौडा–मेघौली जोड्न मेट्रो रेल, ट्राम जस्ता यातायात सञ्रुचालनको पूर्व सम्भाव्यता अध्ययनको लागि बजेटको प्रबन्ध मिलाइएको छ ।
प्रदेशको ऐतिहासिक सम्पदाको रुपमा रहेको १०४ वर्ष पुरानो चुरियामाइ सुरुङ संरक्षण तथा पुनर्निर्माणका लागि बजेटको व्यवस्था मिलाइएको उनले बताए । मदन भण्डारी मार्ग (भैसे–भिमफेदी–कुलेखानी–सिस्नेरी –दक्षिणकाली खण्ड दुई लेनमा स्तरोन्नति कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरि बजेट बिनियोजन गरिएको उनले बताए । कुलेखानी देखि दक्षिणकाली सडक समेत दुई लेनमा स्तरोन्नति गर्ने कार्य समेतको लागि बजेट विनियोजन गरिएको छ । प्रादेशिक लोकमार्ग अन्तर्गत प्रदेशको राजधानीलाई विभिन्न जिल्लाहरुसँग जोड्ने, प्रदेशका अन्य जिल्लाहरुलाई एक आपसमा जोड्ने तथा पुष्पलाल चक्रपथ अन्तर्गतका सडकहरुलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको र कार्यान्यन गर्ने मन्त्री फूयालले बताए ।
स्थानीय तहहरुको केन्द्र जोड्ने सडकलाई स्तरोन्नतिको लागि “मुख्यमन्त्री प्रादेशिक सडक कार्यक्रम” अन्तर्गत बागमती प्रदेशका सवै स्थानीयतहको केन्द्रमा सडक पु¥याउन आवश्यक बजेट विनियोजन गरिएकोछ । प्रदेश अन्तर्गतका शहर भित्रका दुई महत्वपूर्ण स्थान जोड्ने, शहरी चक्रपथ, कृषि बजार केन्द्र, शिक्षा स्वास्थ्य केन्द्र जोड्ने जस्ता तत्काल प्रतिफल तथा रोजगारी सृजना गर्ने सडक आयोजनाहरुका लागि शहरी तथा स्थानीय मार्ग को लागि बजेट विनियोजन गरिएको छ ।
प्रदेश राजधानी प्रवेश गर्ने मार्ग जोखिमपूर्ण
प्रदेश राजधानी हेटौंडावाट संघीय राजधानी प्रवेश गर्ने छोटो दुरीको वैकल्पिक मार्ग वर्षायाम सुरु भएसँगै जोखिम युक्त बनेको छ । भैसेदेखि देउराली खण्डका विभिन्न भागमा झरिरहेको पहिरोले यात्रुवाहक सवारी साधनहरु पुरिएला भन्ने डर बढेको छ ।
सिमसिम पानी पर्ने बितिक्कै माथिबाट पहिरो झर्न थाल्छ । यात्रुवाहक सवारी साधनका चालक र यात्रुहरु पहिरो हेर्दे जोखिम मोलेर पार गर्ने गरेका छन् । भीमफेदी गाउँपालिका–२ ज्यालाटार क्षेत्रमा तीन सय मिटर भन्दाबढी पहिरो झरेको छ । पहिरोले सडक पुरेकाले मुस्किलले एउटा सवारी साधन गुड्न सक्ने मोटरवाटो रहेको प्रहरीले जनाएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–३ गुन्डुङमा पनि रुखसहित ठुलो पहिरो झरेको छ ।
साघुरो र लेदैलेदो भएको वाटो सवारी साधनहरु जोखिमपुर्ण ढंगबाट आउजाउ गर्ने गरेका छन् । वैकल्पिक मार्गको भैसेदेखि देउरालीसम्मको २० किलोमिटरमा एक दर्जन भन्दावढी ठुला खालका पहिरो झरेको स्थानिय रेशम लामाले बताए ।
दिनमा त जसो तसो हिडिन्छ राती केहि थाहा हुन्न असाध्यै जोखिम बढेको छ हेटौंडा काठमाडौ रुटमा सुमो चलाउँदै आएका चालक गिरीश लामाले भने । हेटौंडा हुदै काठमाडौ जाने हेटौंडा– कुलेखानी सिस्नेरी, हेटौंडा–कुलेखानी– फाखेल र कान्तिलोकपथ सडक अत्यन्त जोखिमयुक्त रहेको छ । नारायणघाट मुग्लिन नौविसे भएरका राजधानी प्रवेश गर्न पनि नारायणघाट–मुग्लिन सडकको भर छैन उनले बताए ।
समय बढी लाग्ने भएरमात्र नत्र सबैभन्दा सुरक्षित त्रिभुवन राजपथ भएको छ ।
लकडाउनको समय भएपनि हेटांैडाबाट वैकल्पिक छोटो मार्ग भएर नीजि र भाडाका गरेर दैनिक ३ सय भन्दाबढी सवारी साधनहरु गुड्छन् । अन्य समयमा वैकल्पिक मार्ग भएर दैनिक ८ सय भन्दाबढी सवारी साधनहरु आउजाउ गर्ने गर्दछन् । वैकल्पिक मार्गमा पर्ने भैसेदेखि कुलेखानी ड्यामसम्म मोटरबाटो फराकिलो गर्नका लागि प्रदेश सरकारले लगानी गर्दै आएको छ । बाटो हाल पनि निर्माणधिन भएको कारण पनि पहिरोको जोखिम बढी भएको हो ।
देउरालीदेखि कुलेखानी ड्यामसम्मको करिब ८ किलोमिटर मोटरबाटो स्तरोन्नतीको साथसाथै कालोपत्रे भइसकेको छ । भीमफेदीदेखि देउरालीसम्मको मोटरबाटोलाई फराकिलो बनाउने कार्य चलिरहेको छ । मोडहरुमा ढलान र अन्यत्र ठाउमा पिच पनि गरिएको छ । सडक फराकिलो बनाउने क्रममा माथिबाट ठुलाठुला पहिरो खसेका छन् ।
प्रदेश सरकारको लगानीमा भैसे–भीमफेदीसम्मको सडक विस्तार कार्य गरिरहेको छ । सडक
फराकिलो वनाउने क्रममा कटिङ गरिएको छ । कटिङका कारणले केही स्थानमा पहिरो गएको छ भने केही स्थानमा भारी वर्षाका कारण पहिरो गएको छ ।

