मकवानपुर । अवैध लागु औषध गाँजा तस्करी गर्न प्रयोग गरिएको अटो सहित युवालाई जिल्ला प्रहारी कार्यलय मकवानपुरले नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले मकवानपुर मनहरी गाँउपालकिा वडा नं ८ सिमपानि स्थित पुर्वपश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट हेटौडा आउँर्द गरेको अटो नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना २ ह ३४६८ नंम्बरको अटो चेकजाँच गर्ने क्रममा अटोभित्र लुकाई ल्याएको लागु औषध गाँजा १० किलो ७४० ग्राम फेला परेको थियो ।
प्रहरीले अटो चालक मकवानपुर राक्सिराङ गाउँपालिका ८ बस्ने २६ वर्षीय सुदिप मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
यसैगरी आइतबार नै मकवानपुर प्रहरी र जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट खटीएको अनुसन्धान टोलीले हेटौंडा ९ लामसुरेबाट २ जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा ९ स्थित दिपकला प्रतिस्ठान सुधार केन्द्रमा अनुगमन गर्ने क्रममा सोही सुधार केन्द्रका संचालक बस्ने कोठा तलासी गर्दा अवैध गाँजा भेटिएपछी २ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

केन्द्रका संचालक मकवानपुर हेटौंडा ४ का ३५ वर्षीय राजिव नरसिंह श्रेष्ठ र हेटौंडा ९ बस्ने २८ वर्षीय जोएल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीहरुले प्रयोग गर्ने पोषाकको गोजीबाट ३ ग्राम लागुऔषध गाँजा भेटिएको थियो ।
