- हेमलता उप्रेती
म शिक्षक । आफूलाई बाल मनोबिज्ञानको प्रयोगकर्ता ठान्छु । चार कक्षामा पढाउँदै थिएँ । पाठ थियो हाम्रा सास्कृतिक मूल्य मान्यता ।
त्यो बगैचाका सवै फूलहरु मेरालागि समान हुनु पथ्र्यो। थिए । तथापि चन्चलता बिशेष थिई किनकि ऊ मौरीको रानो जस्तै थिई । पढाउने क्रममा मैले देवीदेवताको कुरा गरें । त्यतिबेला ऊ पुलकित हुनुपथ्र्यो । भईन ।
अनि मैले कुरा गरें हजुरबा, हजुरआमाको । त्यतिबेला उसले रमाउँदै तिखो श्वरमा उसका हजुरबा हजुरआमाको इतिबृतान्त सुनाउनुपथ्र्याे । सुनाइन । ऊ पुक्क फुलेर बसिरही ।फेरि मैले कुरा गरें, गुरु र गुरुआमाहरुको । त्यतिबेला उसको जूनजस्तो मुहार खुसीले चम्किनु पथ्र्याे । अहँ । पटक्कै चम्किएन ।
उल्टो कालो बादल पो छायो त्यहाँ त ! मलाई असैह्रय भयो । अनि छेउमै गएर आँखै जुधाएर सोधें, “आज के भयो ? सन्चै त छ ?” आँखिर चन्चलता न थिई । उसको रिस कति बेर टिक्न सक्थ्यो र ? मुख फूलाउँदै मलाई आँखा तरेर उसले प्वाक्क बोली, “मैले अगि नमस्ते गर्दा किन नफर्काएको त ?”
इलाम नगरपालिका ७
