मकवानपुर । आज आइतबार देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ भने पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।
हाल पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावका कारण आइतबार बिहान प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ। आज दिउँसो प्रदेश १ र अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहे पनि अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै, राती पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया माैसम सफा रहने छ।

