मकवानपुर । हरेक साताकाे शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको ‘द भ्वाइस अफ नेपाल’आजबाट सुरु हुने भएकाे छ ।
२ सातासम्म रोकिएको नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ काे शो प्रशारण निर्धारित समयमा नै सुरु हुने शोका निर्देशक लक्ष्मण पौडेलले बताए ।
२ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको जानकारी यसको टिमले गराएको थियो । यो शोका ३ जना निर्णायक प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भैसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ । साथै केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो ।
आज बेलुकी प्रशारण हुने भागमा नकआउट चरण अन्तरगत प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

