मकवानपुर/ कोरोना महामारीको कारण झेल्दै आएको समस्यामा नागरिक स्वास्थ्यमा सहजता प्रदान गर्नको लागि विभिन्न संघसंस्थाहरुले सहकार्य गरिरहेका छन् ।
यसैबिच सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) मकवानपुरले मकवानपुरगढी गाँउपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । फेकोफन बाग्मति प्रदेश सचिवालय सदस्य रामहरि चौलागाईले सोमबार गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको कार्यकक्षमा उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
कोरोना महामारीको प्रभाव न्यूनिकरण गर्ने अभिप्राय सहित ३ थान अक्सिमिटर, २ थान नेबुलाईजर, १ थान थर्मलगन, १५ थान फेस सिल्ड, ८०० थान मास्क , १० लिटर स्यानिटाईजर, १०० थान ग्लोब्स हस्तान्तरण गरिएको मकवानपुरगढि फेकोफनका स्थानिय परियोजना संयोजक सुसन दहालले जानकारी दिए ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईलाई स्वास्थ्य सामग्री ग्रहण गरिएको थियो । यो महामारीमा सबैले समुदायको हकहितको लागि सोचि, सबै एकजुट हुनुपर्ने अध्यक्ष हुमगाईले बताए।
कार्यक्रममा फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाई , स्थानिय महासंघ मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारी , हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनि, स्वास्थ्य शाखा प्रमुख ध्रुब लामिछानेलगायतको उपस्थिती रहेको थियो ।

