मकवानपुर । जनरल इन्स्योरेन्स कम्पनी नेपालको ३० लाख कित्ता आईपीओ आजबाट विक्री खुला भएको छ ।
कम्पनीले ३० लाख कित्ता साधारण शेयर मध्य १ लाख २० हजार कित्ता कर्मचारीको लागि, १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेकोछ । साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि–आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्नेछन् ।
कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजि रू. ७० करोड रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात पूँजि रू. १ अर्ब पुग्नेछ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्नको लागि कम्पनीले भदौ २४ गते अनुमति पाएको थियो । हालसम्ममा कम्पनीले ३९ ओटा शाखा कार्यालयहरुबाट बीमा सेवा दिंदै आएको छ ।
मकवानपुर । लगातार तीन दिन ओरालो लागेको सुन तथा चाँदीको मूल्य शुक्रबार असाेज ९ गते वृद्धि भएको छ।मंगलबारदेखि बिहीबारसम्म चार हजार १०० रुपैयाँले घटेको सुन र चाँदीको मूल्य शुक्रबार बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
शुक्रबार चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ। पछिल्लो तीन दिन चाँदी २०० रुपैयाँले घटेर एक हजार १२० रुपैयाँमा झरेको थियो। अन्तरराष्ट्रिय बजारमा पनि शुक्रबार सुन र चाँदीको दुबैको भाउ बढेको छ । सो बजारमा सुन प्रति अउन्स एक हजार ८७३ डलरमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने यस दिन प्रतिअउन्स २३ डलर भन्दा बढिमान खरिदबिक्री भइरहेको छ ।
मकवानपुर । नेपाल बैंक लिमिटेडको विशेष साधारण सभा आगामी १९ गते बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा हुने भएको छ ।
सभामा सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्था परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ जना सञ्चालकको ब्यबस्था गरिने नियमावली संसोधन गरि ३ जना रहने र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना सञ्चालकबाट बढाई ३ जना कायम गर्न नियमावली संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ। बैंकले असोज ८ गते विशेष साधारण सभा प्रयोजनार्थ बुकक्लोज गर्ने भएको छ।
कोरोना भाइरस महामारीको जोखिमका साथै नेपाल सरकारको स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्नुपर्ने भएकोले विशेष साधारण सभा भिडियो कन्फ्रेन्समाफएत हुने बैंकले जनाएको छ।
मकवानपुर । जनरल इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको लागि आउँदो असोज ११ गतेबाट आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।
मकवानपुर । नेपाल आयाल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
निगमले बुधबार १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।
डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँले घटेर ९० रुपैयाँ कायम भएको छ । पेट्रोल, हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
निगमले भारतीय आयल निगमबाट १६ सेप्टम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोले नेपालमा मूल्य समायोजन गरिएको जनाएकाे छ ।