सरकारले व्यवस्थालाई दिन्छ
व्यवस्थाले जनतालाई दिन्छ
यो सूचना हो!
हुनेलाई फलिफाप छ
नहुनेलाई लथालिङ्ग पारेको छ।
हरेक सूचना यहाँ बिरूद्ध लिएर आउँछ
जुलुस र जनसभा लिएर आउँछ
अफसोस!
एकमुष्ठ आवाज दिएर पठाएको जनक्रान्तिको गीत
यहाँ
सुर न ताल मिलेको डिस्को डान्सर भएर फर्किन्छ।
यो सूचनाले मंजहरू बोकेर ल्याउँछ
उट्पट्याङ कुरा लिएर आउँछ
हे प्रभु!
हिजोको बिरालो त्यही मंजबाट बाघ जस्तै कराउँछ
पुग्ने गरि गाली र झपाई खाएर लस्करहरु घर फर्किन्छ।
सूचना व्यवसाय भएको छ यसघरी
ठामठिम मिले पछि निस्किन्छ यो।
बुझ्दैन सूचना थाप्ने कमजोर दिमागहरू।
सूचना पठाएर सूचना कै पर्खाइमा बसेको सरकार
बहुत काफर छ!
खास सूचना पठाउन उ डराउँछ।
सबै सूचनाहरू राम्रा र असल कहाँ हुन्छ्न् त१
जन्म मृत्यु
हानी फायदा
मिलन बिछोड
तमाम् छन् नि!
तर १ हामीसम्म आईपुग्ने हाम्रो सूचना
एउटै पनि राम्रा र असल नआएकाले सूचना सरकारलाई किन कहिले पुगेन?
यो सूचना कसले कसलाई दिने त अब।
दार्जिलिङ
मकवानपुर । असोज १३ शनिबार आज हेटौंडामा मिस्टर मकवानपुर भेट्रान्स २०८० हुदैछ । नेपाल शारीरिक संगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा हुने पहिलो पटक हेटौंडामा हुन लागेको मिस्टर मकवानपुर भेट्रान्स तथा महिला फिजिक्स प्रतियोगिताको तयारी पूरा भएको छ ।
कार्यक्रम संयोजक सुनिल मोक्तानका अनुसार प्रतियोगितामा विभिन्न तीन विधा गरी ४५ खेलाडीहरुको सहभागिता रहनेछन् । प्रतियोगितामा मिस्टर मकवानपुर, वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप, मिस्टर मकवानपुर भेट्रान्स गरी तीन विधाका खेलहरुमा प्रतिस्पर्धा हुनेछन् ।
साथै प्रतियोगितामा ५५ औ एसियन बडिबिल्डिङ च्याम्पियन वुमन फिजिक्स तर्फ ५५ केजी मा गोल्ड मेडलिस्ट रजनी श्रेष्ठको प्रशिक्षण तथा प्रदर्शन रहने कार्यक्रम संयोजक मोक्तानले बताए । मिस्टर मकवानपुर विधामा ५५, ६०, ६५, ७०, ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप विधा अन्तरगत खुल्ला तौल समूहमा प्रतिस्पर्धा गराइनेछ ।
यस्तै, मिस्टर मकवानपुर भेट्रान्स विधा अन्तरगत पनि खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक मोक्तानले जानकारी गराए । मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगदसहित ट्रफि मेडल प्रदान गरिनेछ ।
प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ट तथा अनुशासित क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगदसहित सम्मान गरिने फिट्नेस महासंघका अध्यक्ष राजेश भेटवालले बताए । साथै पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ ।
कार्यक्रम हेटौंडा–२ स्थित पल्पसा हलमा अपरान्ह ४ बजेदेखी हुने प्रतियोगिता मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित हुनेछ ।
मकवानपुर । प्रदेश युवा परिषद् बागमती प्रदेशसँगकाे सहकार्यमा साहित्य संगम मकवानपुरले कविता प्रतियाेगिता गर्ने भएकाे छ । युवा परिषद सहयाेगमा सङ्गमले खुला कविता प्रतियोगिता गर्ने भएकाे छ ।
विषय खुला रहेको युवा लक्षित कविता प्रतियाेगितामा ४० वर्ष मुनीका कविहरूले मात्र भाग लिन पाउने भएका छन् । कविताका साथ उमेर खुल्ने आधिकारिक प्रमाणपत्र र व्यक्तिगत विवरण (बायोडाटा) आश्विन २२ गतेभित्र प्राप्त भइसक्नुपर्ने आयोजकले जनाएकाे छ ।
ताेकिएकाे समयसिमा भित्र प्राप्त कवितामध्येबाट उत्कृष्ट २० छनौट गरिने छ । उत्कृष्ट २० मा पर्ने कविहरुलाई अन्तिम प्रतियोगितामा सामेल गराइने संगम सचिव मनाेज पोखरेलले बताए । अन्तिम प्रतियाेगितामा कविता वाचनकाे लागि कवि स्वयम् उपस्थित हुनुपर्ने पोखरेलले जानकारी दिए । प्रतियाेगिताकाे मिति भने पछि ताेकिने भएकाे छ ।
कविता बढीमा १५० शब्दसम्ममा लेखिएकाे, अन्यत्र (पत्रपत्रिका तथा सामाजिक सञ्जालमा) प्रकाशित नभएकाे तथा मौलिक हुनुपर्ने सूचनामा जनाइएको छ । कविता प्रतियाेगितामा प्रथम हुने कविले ४० हजार, द्वितीय हुने कविले ३० हजार, तृतीय हुने कविले २० हजार र सान्त्वना हुने कविले १० हजार पुरस्कार प्राप्त गर्ने संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।


मातृभूमिद्वारा गुरुङ र चालिसेलाई सम्मान
Tags: No Comments
मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले “मातृभूमि राष्ट्रिय सम्मान २०८०” बाट वरिष्ठ संस्कृतिविद् प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा. जगमान गुरुङलाई प्रदान गरेको छ ।
प्रत्येक दुई वर्षमा प्रदान गर्ने मातृभूमि राष्ट्रिय सम्मानद्वारा गुरुङलाई नगद २५ हजार १ रुपैयाँ राशिको पुरस्कारले सम्मान गरिएको हो ।नेपाली संस्कृति क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएवापत गुरुङलाई उत्त सम्मानले शनिबार हेटौंडामा आयाेजित कार्यक्रममा प्रदेशकाे सामाजिक विकास मन्त्री कुमारीद्वारा नगद प्रमाणपत्र र दोसल्लाले सम्मानित गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जगमान गुरुङ नेपाली इतिहास एवम् संस्कृति क्षेत्रका गहन अध्येता हुन । विभिन्न प्रतिष्ठान तथा विश्वविद्यालयको महत्वपूर्ण जिम्मेवारी सम्हालेका गुरुङको शोधपत्र लेखन एवम् अनुसन्धान कार्यमा गहन भूमिका रहेको छ ।

यसैगरी संस्थाका कार्यसमिति सदस्य किशन पौडेलद्वारा स्थापना गरेको नगद ११ हजार १ सय ११ रुपैयाँ राशिको “मातृभूमि लघुकथा रत्न सम्मान–२०७९” लघुकथालयका वरिष्ठ लघुकथाकार विदुर चालिसेलाई प्रदान गरिएको छ । प्राध्यापन पेशाबाट सेवा निवृत्त हुनु भएका चालिसेले लघुकथाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन । चालिसेका नेपाली भाषामा प्रकाशित विभिन्न लघुकथा सङ्ग्रह, कविता, भाषा, अनुसन्धान र समालोचनाका पुस्तकहरू प्रकाशित छन् ।
शनिबारनै मातृभूमि साहित्य समाजको २५औँ वार्षिकोत्सवको अवसर समाजको वेबसाईट उद्घाटन गरिएको छ ।
अर्यालको “महाकाश” हेटौँडामा विमोचन
Tags: No Comments
मकवानपुर । महाकाव्यकार मुना धिताल अर्यालको महाकाव्य “महाकाश” शनिबार हेटौँडामा विमोचन गरिएको छ ।
ओशोको जीवनीमा आधारित अर्यालको महाकाव्य “महाकाश” मातृभूमि साहित्य समाजको २५ औं वार्षिकोत्सवका अवसरमा विमोचन गरिएको हो ।
प्रमुख अतिथी सामाजिक विकास मन्त्री कुमारी मुक्तान डा जगमान गुरुङ लगायतले महाकाव्य “महाकाश” विमोचन गरेका थिए ।
२००७ पौष २७ गते गोरखामा जन्मिएर हेटौँडालाई कर्मथलो बनाएकी अर्यालका यसअघि ईश्वरराम्मा अनूदित—२०६०, प्रेमज्योति (गीति एल्बम), भजन (एल्वमहरु),आत्म सलिल महाकाव्य–२०७६ लगायत का कृति प्रकाशित छन् ।
अर्याल अमर ज्योति विद्यालय, कलङ्की काठमाडौँका संस्थापक, ज्योति महिला साक्षरता केन्द्र काठमाडौँका संस्थापक, आँचल साहित्य कलापुञ्ज, मकवानपुरका संस्थापक अध्यक्ष, मातृभूमि साहित्य समाज मकवानपुरका सल्लाहकार हुन ।