मकवानपुर । जापान सरकारले बागमती प्रदेश सरकारसँग सहकार्य गर्ने भएका छन् । प्रदेशकाे भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल र मित्र राष्ट्र जापानको विदेश मन्त्रालयका डेपुटी मन्त्री सिमेजु फुमिजोबीच जापानको विदेश मन्त्रालयमा भेटघाटका क्रममा सहकार्य गर्नेबारे छलफल भएकाे हाे ।
मन्त्री दुलालका स्वकिय दीपक न्यौपानेका अनुसार शुक्रबार भएको भेटघाटमा बागमती प्रदेश तथा अन्तरगतका स्थानीय तहहरुमा पूर्वाधार र कृषि क्षेत्रमा जापानाले सहयाेगकाे सहकार्य गर्ने बिषयमा छलफल भएको हो । जापानका बिदेश मन्त्री फुमिजोले नेपालमा प्रदेश र स्थानीय तहसँग मध्ययम र साना आयोजनामा काम गर्न सकारात्मक रहेको बताएका थिए ।फुजिमाेकाे भनाई उदृत गर्दै न्याैपानेले भने ‘नेपालमा जापानी प्रविधिमा कृषिक्षेत्रमा परिबर्तन ल्याउन जापान सरकार तयार रहेको छ ।’
मन्त्री दुलालसंगै नेपालको तर्फबाट बागमती प्रदेश युवा तथा खेलकुद पूर्वमन्त्री रत्न ढकाल ,जापानका लागि नेपाली राजदुत दुर्गा बहादुर सुवेदी, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, चौंरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौंलागाई, राजदुताबासका प्रथम सचिव जीतबहादुर कार्की लगायतकाे उपस्थितिमा भेटघाट भएकाे थियाे ।
मकवानपुर । चीनको हाङझाउ सुरु १९ औं एसियाडमा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडीले सहभागिता जनाएका छन्।एसियाका ४५ वटै देशको सहभागिता रहेको यस पटकको एसियाडमा नेपालको सहभागिता अहिले सम्मकै उच्च हो।
नेपाल बाट १ सय २७ महिला र १ सय २६ पुरुष खेलाडी सहभागी छन्। एसियाली खेलकुदमा ४० खेलका ४ सत ८१ इभेन्टमा १२ हजार ४ सय १७ खेलाडीहरु प्रतिस्पर्धा गर्दै छन्। एसियाडको इतिहासमै सहभागी यो अहिलेसम्मकै सबैभन्दा धेरै खेलाडी संख्या हो।
१९ औ एसियाली खेलकुदको उद्घाटन शनिबार चिनको हाङझाउ स्थित ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियम अर्थात ‘बिग लोटस’ मा गरिएको हो ।चिनियाँ राष्ट्रपति सी जिनफिङले एसियाली खेलकुदको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए। नेपालको तर्फबाट निमा घर्ती मगर र बिरबहादुर महराले राष्ट्रिय झण्डाका साथ मार्छ पासमा सहभागी थिए। उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए।
कोभिड-१९ महामारीका कारण तोकिएको समय भन्दा एक वर्ष ढिला १९ औं एसियाड सुरु भएको हो ।एसियाडको नारा ‘हृदय देखी हृदय भविष्य’ रहेको छ। उद्घाटन भएको शहर अलिबाबाका संस्थापक ज्याक माको जन्मथलो समेत हो।
नेपालले एसियाली खेलकुदमा १९५१ मा भारतमा भएको पहिलो संस्करणबाटै सहभागिता जनाउँदै आएको छ। सात दशकभन्दा लामो प्रतियोगिताको इतिहासमा नेपालले १९५४ र १९६२ को संस्करणमा बाहेक बाँकी सबै प्रतियोगितामा भाग लिएको छ।
नेपालले पहिलो पदकका लागि १९८६ को एसियाली खेलकुदमा दलबहादुर राना मगरले दिलाएका थिए। दक्षिण कोरियाको सोलमा आयोजित प्रतियोगितामा नेपालले एकैपल्ट ८ कांस्य जितेको थियो।
१९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जित्दा गत संस्करणमा इन्डोनेसियामा भएको पछिल्लो एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फ रजत जितेको थियो।
२०१० र २०१४ को एसियाली खेलकुदमा भने नेपाल एक-एक कांस्यमै सीमित रहनुपरेको थियो। तेक्वान्दोले सर्वाधिक १ रजत र १५ कांस्य जितेको छ। नेपालका लागि एसियाडमा दुई पटक पदक जित्ने खेलाडीका रूपमा दीपक विष्ट मात्र रहेका छन्। उनले २००२ र २००६ मा तेक्वान्दोमा काश्य जितेका थिए।
नेपालका लागि पदक विजेता खेलाडीहरू
स्वर्गीय दलबहादुर रानामगर (बक्सिङ, काश्य १९८६)
तुल बहादुर थपा (बक्सिङ, काश्य १९८६)
सुशील पोखरेल (बक्सिङ, काश्य १९८६)
मनोज बहादुर श्रेष्ठ (बक्सिङ, काश्य १९८६)
राजकुमार राई (तेक्वान्दो, काश्य १९८६)
विधान लामा (तेक्वान्दो, काश्य १९८६)
स्वर्गीय राजकुमार घर्ती क्षेत्री (तेक्वान्दो, काश्य)
राज कुमार बुढाथोकी (तेक्वान्दो, काश्य १९८६)
चित्र बहादुर गुरुङ (बक्सिङ, काश्य १९९०)
मान बहादुर शाही (तेक्वान्दो, काश्य १९९४)
सीता राई (कराते, काश्य १९९४)
सविता राजभण्डारी (तेक्वान्दो, रजत १९९८)
किशोर श्रेष्ठ (तेक्वान्दो, काश्य १९९८)
सपना मल्ल (तेक्वान्दो, काश्य १९९८)
समर बहादुर गोले (कराते, काश्य १९९८)
दीपक विष्ट (तेक्वान्दो, काश्य २००२, २००६ )
रेनुका मगर (तेक्वान्दो, काश्य २००२)
रितु जिमी राई (तेक्वान्दो, काश्य २००२)
मनिता शाही (तेक्वान्दो, काश्य २००६)
आयषा शाक्य (तेक्वान्दो, काश्य २००६)
दीपक महर्जन (बक्सिङ, काश्य २०१०)
विमला तामाङ (कराते, काश्य २०१४)
प्याराग्लाइडिङ टिम (विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ, विशाल थापा) २०१८ मा नेपाललाई एकमात्र पदकका रूपमा रजत दिलाएको थियाे ।
मकवानपुर । हेटौडाकाे एक निजी विद्यालयले संयुक्त राष्ट्रसंघकाे नमूना सभा गर्ने भएकाे छ । हेटौडा ४ मा रहेकाे नवोदय शिशु सदनले नमूना संयुक्त राष्ट्र संघीय सभाको आयोजना हुने भएको हाे ।
आउँदाे भदौ १४ गतेदेखि १६ गतेसम्म हेटौंडामा नमूना संयुक्त राष्ट्रसंघीय सभाको आयोजना गरिने विद्यालयले सोमबार पत्रकार भेटघाट गरी जानकारी दिइएको हो । अन्तर्राष्ट्रिय नीतिनियम, योजना तथा समस्या समाधानकाे वृहत विश्लेषणसहितको नमूना सभाको आयोजना गरिने छ । विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास, समालोचनात्मक सोचाई, सहकार्यलगायतका अन्तरनिहित प्रतिभाको विकास गराउने उद्देश्यले विद्यालयले कार्यक्रमको आयोजना गर्न लागेको नवोदयन नमूना संयुक्त राष्ट्रसंघका महासचिव रायन खनालले बताए ।
नमूना राष्ट्र संघीय सभाका लागि ७ वटा निकायहरु पहिचान गरिएको छ । सभामा विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सुरक्षा परिषद, आर्थिक र वित्तीय मामिला परिषद, खाद्य र कृषि सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम र प्रतिनिधि सभा गरी ७ वटा निकायहरु परिकल्पना गरिएको छ । ती सातवटै निकायहरुको एजेन्डाहरुको पूर्वनिर्धारण गरिएको छ । राष्ट्र संघका विभिन्न निकायको कार्य क्षेत्र भिन्दा भिन्दै हुन्छन् र तिनै कार्य क्षेत्रका मुख्य पूर्व निर्धारित समस्यामा वृहत छलफल गरेर कार्यक्रमलाई संचालन गरिने बताइएको छ ।
संयुक्त राष्ट्र संघीय सभामा हुने कार्यक्रमहरुको नक्कल गरी सहभागीलाई विश्वव्यापी मुद्दाहरु र यसको सम्भावित समाधानहरुको बारेमा धारणा राख्ने मौका दिइने जनाइएको खनालले जानकारी दिए । कार्यक्रममा विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिका निर्वाह गर्दै विद्यार्थीले राष्ट्रकै पक्षमा रहेर विश्वव्यापी मुद्दामा छलफल गर्ने भएका छन् ।
क्लव हेटौंडा पार्टी प्यालेस हेटौडामा हुने नमूना संयुक्त राष्ट्रसंघीय सभामा करिब १ सय ६० जना विद्यार्थीको सहभागिता रहने अनुमान आयोजकले गरेकाे छ । नमूना सभमा मकवानपुरका ३ तथा जिल्ला बाहिरका ३ विद्यालयले सहभागिता जनाउने छन् । मकवानपुर हेटौडाका नवोदय शिशु सदनसहित मकवानपुर बाल विद्या सदन, कमाने एकेडेमी, चितवन जिल्लाको अर्किड स्कूल, नवलपरासीको गैंडाकोट स्कूल, बुटवलको एपेक्स स्कूलका विद्यार्थीले पनि सहभागिता जनाउने छन् ।
मकवानपुर । महिला विश्वकप २०२३ अन्तरगत तेस्राे स्थानकाे लागि भएकाे प्रतिस्पर्धामा स्वीडेनले अस्ट्रेलियालाई हराएकाे छ । सह-आयोजक अस्ट्रेलियालाई पराजित गर्दै स्विडेन चौँथोपटक फिफा महिला विश्वकप फुटबलमा तेस्रो भएको हाे ।
अस्ट्रेलियाको ब्रिसबेन स्टेडियममा शनिबार भएको तेस्रो स्थानको खेलमा स्विडेनले अस्ट्रेलियालाई २-० ले पराजित गरेको थियाे ।स्विडेन यसअघि सन् २००३ मा उपविजेता बन्दा १९९१, २०११ र २०१९ मा तेस्रो भएको थियो । अस्ट्रेलियाले भने पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको थियो ।
मकवानपुर । महिला विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । अन्तिम प्रि–क्वाटरफाइनल खेलमा मोरक्को फ्रान्ससँग ४–० ले पराजित भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हाे ।
पहिलो हाफमै ३ गोल खाएको मोरक्कोले फ्रान्सका खेलाडीलाई रोक्न सकेन । पराजित मोरक्कोले पनि गोल गर्ने अवसर प्रशस्त पाए पनि अवसरकाे सदुपयोग गर्न सकेन । महिला विश्वकपकाे दुई क्वाटरफाइनल खेल न्यूजिल्यान्डमा हुनेछ । यस्तै दुईवटा क्वाटरफाइनल खेल अस्ट्रेलियामा हुने कार्यतालिका छ ।
क्वाटरफाइनलमा स्पेन र नेदरल्यान्ड वालिङटनमा भिड्दा अकल्यान्डमा जापान र स्वीडेनले शुक्रबार खेल्ने भएका छन् । फ्रान्सले शनिबार आयोजक अस्ट्रेलियासँग ब्रिसवनमा क्वाटरफाइनल खेल्दा सिड्नीमा इग्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ ।