मकवानपुर । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले विधि र नीति विपरीत खेल खेल्ने खेलाडीहरूलाई मैदानमा प्रवेश निषेध गर्नुपर्ने बताएका छन् ।
मकवानपुरकाे बागमति गाउँपालिकामा चाैथाे बागमती गाेल्डकप राष्ट्रिय प्रतियाेगिताकाे उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् । राजनीतिक खेलाडिहरूले देशकाे अवस्था नाजुक बनाएकाे भन्दै उनले नेताहरूले खेलाडिबाट अनुशासन सिक्नु पर्ने बताए । बागमती गाउँपालिकामा स्थानीय खेलाडिहरूकाे क्षमता उच्च भएकाे भन्दै नेता प्रभाकरले याे क्षेत्र भविष्यमा फुटबलको हब हुने बताए ।

‘खेलले प्रतिस्पर्धासँगै अनुशासन प्रतिबन्धित गर्छ, खेल हेरेर प्रतिस्पर्धा र सहकार्य गर्न राजनीतिक खेलाडीले सिकुन, विधि नीति भन्दा बाहिर गरे खेल्दा राजनिती बिग्रियो’ उनले भने ‘राजनीतिको एम्पाएर जनता हुन, गोल भनेको संबिधान हो,ठिक गोल गरेर कार्यन्वयन गरौ, गोल भिरमा हानेर राष्ट्रिय संकट निर्माण गर्नेलाइ मैदानमा प्रवेश किन दिने ?’

पार्टी एकतालाइ अदालतले भङ्ग गरेकाेले जनताको हक हनन गरेको उनले बताए । ‘नेपाली जनताको स्वाधीन र बलिदानमाथी धावा बोल्न पाईन्न’ भने ‘केही नेताहरुले भिरको बाटो रोज्छन भने नेपाली जनताको लागि स्वीकार छैन’ खेलबाट विधि पद्धति र सहकार्यम लाग्न सिकोस, जनता बिद्रोहमा जान बाध्य नबनाईयोस् । प्रतियाेगित चैत २३ गतेसम्म चल्ने छ ।
मकवानपुर । शुक्रबार हेटाैडा उपमहानगर क्षेत्र सहित मकवानपुरकाे आकाश एक्कासी तुवाँलाले ढोकेको छ । घाम समेत राम्ररी नलागेकाे तथा हावा समेत नचलेको कारणा तुवाँलो लागेजस्तो देखिने मौसमले गर्दा घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ ।
केही समय अघिदेखि हेटाैडा आसपासका सामुदायिक वन तथा मकवानपुर जिल्लाका अधिकांश क्षेत्रका वन जंगलमा डढेलाे लागेकाे कारण बायुमण्डलमा धुँवाकाे मात्र बढ्रन गइ वातावरणा धुमिल बनेकाे थियाे । हेटाैडा वरपर डढेलाे लाग्दा वातावरण केही प्रदुसित भएकाे देखिएकाेमा अहिले डढेलाे प्राय निभिसकेकाे भएता पनि शुक्रबार एक्कासी वायुमण्डल तुवाँलाेले ढाकेकाेले तामक्रम समेत बढेकाे अनुभव भएकाे तथा आँखा पाेल्ने टाउकाे दुख्ने गरेकाे हेटाैडा २ उद्धव हुमागाइले बताए ।
हेटाैडा कै एक सरकारी कार्यालयमा काम गर्ने कर्मचारीले समेत मौसम पूर्वानुमान महाशाखाले पनि वरपरको क्षेत्रमा डढेलो लागेका कारण मौसम विग्रिएको अनुमान गरेको छ । आज आँखा पाेल्ने तथा टाउकाे दुख्नाले कम्प्युटरमा काम गर्न समस्या भएकाे हिजाे अस्तीकाे जंगलमा लागेकाे डढेलाेकाे कारण भएकाे हाेला भन्ने लागेकाे थियाे पछी त वायुमण्डल पुरै धुमिल भएकाे देखिएकाेले वायु प्रदुशषाकाे कारण नै भएकाे लागेकाे बताए ।

खास गरी गर्मी माैसममा वन जंगलमा डढेलाे लाग्ने गर्दा वातावरणमा धुमिलता देखिने गरेकाे छ । अहिले देशै भरी डढेलाेका कारण वायु प्रदुषणाकाे मात्रा बढेकाे छ । शुक्रबार एक्कासी आकासमा देखिएकाे तुवाँलाेकाे कारण लामाे समय सम्म पानी नपर्दा परेकाे खडेरीले हावामा आद्रताकाे मात्र घट्न गइ सुख्खा भएकाे वायुले धुँवा धुलाे ल्याएकाे कारण वातावरणा प्रदुषण भएकाे माैसमविद बताउँछन् ।
पानी पर्नका लागि न्युन चाप भएको क्षेत्रमा हावाले बादल लिएर आउनु पर्नेमा वायुले धुलो र धुवाँ लिएर आएकोले वायु प्रदुषण भइ आकास धुमिल देखिएकाे जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मौसम पूर्वानुमान महाशाखाले पनि वरपरको क्षेत्रमा डढेलो लागेका कारण मौसम विग्रिएको अनुमान गरेको छ । खास गरी अहिले पश्चिम नेपाल देखिकाे हावाले वायु प्रदुषण गराइरहेकाे र अन्य क्षेत्रमा फैलिरहेकाे तथा भारतका नेपालसँग सिमाना जाेडिएकाे अधिकांश प्रदेश र स्थानमा समेत वायुमणडल धुँवाले ढाकेकाे जल तथा माैसमविदहरू बताँउछन् ।
नेपालमा हालसम्म करिव ५०० वन डढेलोको घटना भएको त्यहाँबाट निस्किएकाे धुवाँले वायु प्रदुषणलाइ बढाएकाे बताउँछन माैसमविद् । डढेलो र अरु प्रदुषणका कारण वायुको गुणस्तर बिग्रिएको अहिलेकाे अवस्थाकाे माैसम देखिएकाे हाे । राजधानी काठमाडाै शहरमा समेत वायु प्रदुषणकाे कारण अाकाश धुमिल देखिएकाे छ । यस्तो माैसमबाट हुने असरबाट बच्न घर बाहिर ननिस्कनु नै उपयुक्त विकल्प रहेकाे चिकित्सकहरू बताउँछन् ।
मकवानपुर । ‘नेपालमा कम्यूनिष्ट आन्दोलन अहिले गम्भीर अवस्थामा पुगेको ’नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताएका छन् । ‘राष्ट्र र स्वाधिनतामाथि हमला भएकाले राष्ट्रवादी कम्यूनिष्टहरु गाउँगाउँबाट उठ्नुपर्ने बेला आएको छ ।’ उनले भने – ‘पूर्ण–समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र पहिचानसहितको नेपाल निर्माण अहिलेको प्रमुख माग हाे ।’
उनले पार्टीलाई केन्द्रसँगै गाउँतहबाट सुद्धीकरण गरी बलियो कम्यूनिष्ट पार्टी बनाउँने बताएका छन् । माओवादी केन्द्र मकवानपुरका नेता–कार्यकर्तासँग शुक्रबार हेटौंडास्थित पार्टी कार्यालयमा भेटघाट गर्दै उनले राष्ट्र, राष्ट्रियता, स्वाधिनता र आत्मनिर्णयको अधिकारको पक्षमा सशक्त रुपमा अघि बढ्नुको विकल्प नभएकाे बताए ।
पुँजीवादमा निर्भर हुँदा नेपालमा गरिब झन् गरिब र धनी झन् धनी बन्दै गएको भन्दै उनले राज्यले बजारको अनुगमन मात्र गर्दा जनता धेरै मारमा परेको बताए । ‘विश्वभर पूर्णपुँजीवादी व्यबस्था असफल भईसकेको छ,’ उनले भने, ‘राज्य नियन्त्रित पुँजीवाद अर्थात् समाजवाद आवश्यक भईसकेको छ ।’
नेपालमा समाजवाद प्राप्त गर्न नेतृत्व गर्ने पार्टी आवश्यक भएको भन्दै त्यसका लागि माओवादी केन्द्रलाई उत्पादनसँग जोडिएको पार्टी बनाउनुपर्नेमा स्थायी कमिटी सदस्य प्रभाकरले जोड दिए । पार्टीका सबै कमिटी आन्तरिक जनवाद(लोकतन्त्र)मुलक बनाउनुपर्ने भन्दै सबै नेता, कार्यकर्ता गम्भीर भई गाउँगाउँमा संगठन विस्तारमा तत्काल लाग्न उनले आग्रह गरे ।
उनले अर्काे प्रशंग जाेड्दै भने ‘संघीयता, समावेशी र धर्म निरपेक्षता स्वीकारेर आएकाले एमालेसँग सहकार्य गरेपनि धोका भएको छ ।’ सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) फुटाउने फैसला गरेर आत्मनिर्णयको अधिकार हनन् गरेको भन्दै शक्ति केन्द्रहरूका कारण अदालतले त्यस्तो गरेको आरोप पनि लगाए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मकवानपुर ईन्चार्ज कुमारी मोक्तान, जिल्ला अध्यक्ष प्रदेश सांसद प्रेमबहादुर पुलामी, नेताहरु ओम घलान, सर्केश घलान, विरबहादुर घलान ‘ज्वाला’, कमानसिं पाख्रिन, प्रकाश पाण्डे, विवेक राई, बालकृष्ण चौलागाई, सुमन पाख्रिन, रामहरी सुवेदी लगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका फापरबारीमा आज शुक्रबारबाट चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सुरु हुदैछ । आज चैत्र १३ गते उद्घाटन खेल आयोजक टिम, बागमती खेलकुद विकास समिति र नव जनजागृती युवा क्लब सिमरा बीच हुने भएकाे छ ।
फाइनल खेल चैत्र २३ गते हुनेछ । खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ बागमती गाउँपालिका वडा नम्बर ८ शान्तिपुर स्थित जनता माबिको चौरमा खेल हुनेछ । दैनिक ७ देखि १० हजार जनाले खेलको अवलोकन गर्ने खेलकुद विकस समिति अध्यक्ष भीमबहादुर राई बताए । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।
नगद १ लाखबाट सुरु गरिएको यो खेलमा समयसापेक्ष पुरस्कार राशि बढाउदै आएको छ । प्रतियोगिताको पुरस्कार राशि यसवर्ष केही बढाइएको छ । गतवर्ष बागमती गोल्डकपको तेस्रो संस्करणको विजेताले नगद ६ लाख रुपैयाँ प्राप्त गरेका थिए । उपविजेता हुने समूहले ३ लाख रुपैयाँ प्राप्त गरेका थिए । बागमती गाउँपालिका खेलकुद विकास समितिले गत वर्षको तुलनामा प्रथम पुरस्कारमा २ लाख र द्वितीय पुरस्कारमा १ लाख रुपैयाँ थप गरेको हो ।

कुलखर्च ७४ लाख ४५ हजार अनुमान गरिएको र मुख्य प्रायोजक बागमती गाउँपालिकाले ३५ लाख आर्थिक सहयोग गर्ने बागमती गाउँपालिका खेलकुद विकास समिति पुर्व अध्यक्ष ध्रुव थापाले बताए । अपुग रकमका लागि उद्योगी व्यापारी तथा अन्य गाउँपालिकासँग सहकार्य गरिने उनले बताए ।
प्रतियाेगितामा बागमती खेलकुद विकास समिति, नव जनजागृती युवा क्लब सिमरा, थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागी हुने आयोजकले बताएको छ ।
स्थानीय खेलाडी उत्पादन गर्ने र उनीहरुको सीप र कौसलतालाई प्रोत्साहन गर्ने मुख्य उद्देश रहेको उनले बताए । यसभन्दा अगाडि सम्पन्न गरिएको तीन वटा खेलको अनुभवलाई समेट्दै खेल सम्पन्न गर्ने आयोजकले जनाएको छ ।
तेस्रो बागमती गोल्ड कपको उपाधी र दोस्रो बागमती गोल्ड कपको उपाधी सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कपको उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुलीले पोल्टामा पारेका थिए ।