काठमाडौं । ममता नेपालीको स्वर रहेको नेपाली गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । ममतालाई टेक विसीले स्वरमा साथ दिएका छन् । गीतको भिडियो साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भीम बीसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको गीतकाे भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ । पवन सुशलिङ र टिमको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ ।
गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको निर्माण पक्षले जनाएकाे छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक/श्रोतामाझ ल्याएका छौँ, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौँ’, संगीतकार भीमले भने । ममता नेपालीको औपचारिक रूपमा सार्वजनिक यो पहिलो गीत हो । यस गीतलाई लिएर आफू निक्कै आशावादी भएको उनले बताइन् ।
बुवा मदन र आमा मञ्जु नेपालीको कोखबाट कञ्चनपुरको गुलरियामा जन्मिएकी ममता सानैदेखि गीत संगीतमा रुची राख्ने गरेकाे बताउँछिन् । उनी यतिवेला पढाइको सिलसिलामा काठमाडौं बस्दै आएकी छिन् । ‘यो सार्वजनिक गीत मेरो आफ्नो भन्दा पनि बाढी आमाको र स्वर्गीय मामाको सपना थियो जुन अहिले पूरा गर्ने सानो प्रयास गरेकी छु’, ममता भनिन् ।
काठमाडौं । नेपाल भाषाकाे “माखायात ग्वंग: माः” गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ। कृष्ण भक्त महर्जनको रचना र संगीतमा रहेको गीतमा कृष्ण र बानिका प्रधानकाे स्वर रहेकाे छ ।
गीतलाई हरि शरण सायमीले संगीत संयोजन गरेका हुन्। ठट्यौली शब्द संयोजनमा रहेको यस म्युजिक भिडियो के. बि. एस लुभु प्रोडक्सन हाउसको निर्माण गरेकाे हाे । बाल मुकुन्द प्रजापतिको निर्देशन , छायांकन/ सम्पादन सैलेश श्रेष्ठ , कोरियोग्राफी किरण जोशीको रहेको छ।
म्युजिक भिडियोमा आराध्या लक्ष्मी खड्गी र किरण जोशीको अभिनय रहेको छ। भिडियो ‘कृष्ण भक्त महर्जन’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।
बालदिवसकाे अवसरमा आयोजित नृत्य प्रतियाेगितामा लठ्ठी नृत्य गर्दै हेटौडा २ नम्बर वडाकाे बाल समुह । बिशेषगरी थारु जातीले लठ्ठी नाच प्रस्तुत गर्ने गर्छन् । चितवनकाे सौराहामा स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न यो नाच देखाउदै आएका छन् उनीहरुले । थारुहरुकाे लठ्ठी नाचलाई मकवानपुरकाे हेटौडामा ६० औं बाल दिवसकाे दिन आयोजित नृत्य प्रतियाेगितामा प्रस्तुत गरिएकाे हाे । हेटौडा उपमहानगरपालिका महिला बालबालिका महाशाखाले आयोजना गरेकाे प्रतियाेगितामा वडा बाल समूहहरुकाे सहभागिता रहेकाे थियाे ।