मकवानपुरमा थप ५७ जना काेराेना संक्रमण मुक्त
Tags: No Comments
मकवानपुर । पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ५७ जना संक्रमित संक्रमण मुक्त भएका छन् । यो संगै मकवानपु्रमा कोरोना मुक्त हुनेको संख्या ४ हजार १ सय ५९ पुगेको छ ।
मकवानपुरमा विहीबार थप १ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार ३ सय ४३ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १ सय ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेमा १ सय ४८ जना हेटौंडा उपमहानगरपालिकाका, १२ जना मनहरी गाउँपालिकाकाका, ११ जना थाहा नगरपालिकाका, ८ जना कैलाश गाउँपालिकाका ,५ जना मकवानपुगढी गाउँपालिकाका र १ जना राक्सिराङ गाउँपालिकाका रहेका छन् । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ६ हजार १ सय ४० पुगेको स्वास्थ्य कार्यलयले जनाएको छ ।
यसैगरि मकवानपुरमा थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुबै जना हेटौंडा उपमहानगरपालिकाका रहेको स्वास्थ्य कार्यलय जानकारी दिएकाे छ । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
मकवानपुरमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ९ सय ३२ रहेको छ । जसमा १ हजार ८ सय २८ जना घरमै रहेका छन् भने १ सय ४ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
मकवानपुर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि कुटनीतिक पहल तीव्र गरेका छन् । बैशाख ३० गते विहीबार उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच भएकाे टेलिफोन संवादमा नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरिएकाे छ ।
नेपालमा कोराना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेकाेले भाइरसकाे प्रकाेप थप फैलन नदिन खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको पाखरेलले बताए । अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतिक्षा रहेको उपप्रधानमन्त्री पोखरेलले राजदुतलाइ जानकारी गराएकाे प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।
यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरिएकाे छ ।
अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामाग्रीहरु सहयोग गरिने उपप्रधानमन्त्रीलाइ जानकारी दिएकाे पाण्डेले बताए । तर, के के सहयोग गरिने भन्ने बारेमा आगामी आइतबारसम्म टुंगो लाग्ने बताइएकाे छ । ‘खोपका बारेमा मैले पनि पहल गरिरहेको छु, टुंगो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु’– उपप्रधानमन्त्रीसँग टेलिफाेनबार्ता राजदूत बेरीले भने ।
अमेरिकी राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका छन् । पोखरेलले यसका विषयमा आफूहरुले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिएका छन् ।उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले बैशाख ३१ गते बिहानबाट निषेधाज्ञा जारी गरेको छ । गाउँपालिकामा कोभिड १९ को सङ्क्रमणबाट हुनसक्ने थप जोखिमलाई मध्यनजर भोलि बैशाख ३१ गते बिहान देखि अर्को निर्णय नभएसम्म निषेधाज्ञा जारी गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेक घरबाट हिडडुल गर्न नपाईने तथा गाउँपालिका भित्र सवारी साधन आवतजावत बन्द हुनेछन् । गाउँपालिकाकाे समेत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द हुने अध्यक्ष मल्लले बताए । गाउँपालिका प्रवेशका मुख्य नाकाहरु मनहरी-चैनपुर सडक, नेवारपानी-कोलगैरी सडक, सिम्पानी-सरिखेत सडक, भण्डारा-खर्खडेटारकाँकडा सडक र खरङ्गा-भाटी सडकबाट हुने अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतहरु बन्द हुने भएकाे छ ।
गाँउपालिका क्षेत्र भित्र सार्वजनिक स्थलहरुमा अनावश्यक हिडडुल गर्न, सार्वजनिक कार्यक्रम, सभा समारोह, बिहे, भोजभतेर, गासा, छेवर, जात्रा, मेला, महोत्सव, हाटबजार संचालन आदि कार्यहरु गर्न/गराउन पूर्णरुपमा निषेध गरिएको समेत मल्लले बताए । स्थानीय गौरवका आयोजनाहरु जनस्वास्थ्यका मापदण्डहरु पालना गरि सुचारु रहने तथा गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अर्को सुचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।
विषम परिस्थितिमा उल्लेखित निर्णयहरु, जनस्वास्थ्यका मापदण्ड एवं नेपाल सरकारबाट जारी सम्पूर्ण निर्देशनहरुको पालना गर्न समेत गाँउपालिकाले आग्रह गरेकाे छ।

मकवानपुर/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले निषेधाज्ञ उल्लङ्घन गर्ने ८० वटा सवारीकाे कागजपत्र नियन्त्रणमा लिएकाे छ ।
२९ प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरी चेकिङ टोलिले मकवानपुर जिल्लाको विभिन्न स्थानमा राखेको चेकप्वाईन्टमा निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल/ स्कुटर, अटो, सानो गाडी गरी जम्मा ८० वटा सवारी साधनहरुको कागजपत्र नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।
साथै निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी धनी ४ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाही गरीएको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरमा मंगलबार पनि १ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । काेराेना संक्रमण पुष्टि भएका हेटौँडा उपमहानगरपालिका वडा नं. १० का ७६ वर्षका बृद्धा घरमै बसेकोमा मंगलबार मृत्यु भएको हो ।
बैशाख १३ गते चितवन मेडिकल कलेजमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।उनलाई मृगौलाको समेत समस्या रहेकोले उपचारकाे लागि चितवन मेडिकल भर्ना गरिएकाेमा आज बिहान आज बिहान ३ बजे घर ल्याईएको थियो ।
घरमा ल्याए पछी उनकाे मृत्यु भएकाे हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेलानाथ चाैलागाइले जनाकारी दिए ।